अभिषेक बच्चनको सरप्राइज घोषणा, फ्यानले सोधे – दोस्रो बच्चा ? | Khabarhub Khabarhub

अभिषेक बच्चनको सरप्राइज घोषणा, फ्यानले सोधे – दोस्रो बच्चा ?


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता अभिषेक बच्चनले मनमर्जिया फिल्ममा गरेको अभिनयको धेरैले तारिफ गरेका थिए । उनले एक सस्पेन्स थ्रीलर फिल्मको घोषणा गरिसकेका छन् ।

हालै अभिषेकले सामाजिक सञ्जालमार्फत फेरि सरप्राइजको घोषणा गरेका छन् । योसँगै फ्यानले ऐश्वर्या राय गर्भवती भएको अड्कल काट्न थालेका छन् ।

बुबा अमिताभ बच्चनजस्तै अभिषेक पनि सामाजिक सञ्जालमा सक्रिय रहन्छन् । फ्यानलाई उनले अपडेट दिइरहेका हुन्छन् । हालै उनले ट्वीटरमा लेखे, ‘साथी हो, तपाईं सबैका लागि एक सरप्राइज छ, जोडिँदै गर्नुस् ।’

अभिषेकले यो पोस्ट गरेपछि उनका फ्यानले सरप्राइज जान्नका लागि कमेन्ट गरेका छन् । धेरैले अभिषेक पुन: बुबा बन्न लागेको अड्कल काटेका छन् ।

यद्यपि अभिषेकले के शेयर गर्न लागेका हुन् भन्ने अहिले कसैलाई थाहा छैन । उनले कुनै फिल्मको घोषणा पनि गर्न लागेका हुनसक्ने कतिपयको अनुमान छ ।

अभिषेकले नायिका ऐश्वर्या रायसँग बिहे गरेका थिए । यी दुईकी एक छोरी छिन् । धेरैले ऐश्वर्या र अभिषेककी छोरी आरध्याले भाइ उपहार पाउने अड्कल काटेका छन् ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  १२ : ११ बजे

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको