अन्नपूर्ण, इन्दिरा र लुम्बिनी सुगर मिल सञ्चालकको खाता रोक्का « Khabarhub

अन्नपूर्ण, इन्दिरा र लुम्बिनी सुगर मिल सञ्चालकको खाता रोक्का


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उखु किसानको रकम भुक्तानी नगर्ने तीन उखु मिलको आर्थिक कारोबार रोक्का हुने भएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले मिल सञ्चालकको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्रचार गरेको छ ।

उखु किसानको रकम भुक्तानी नगरेसम्म सबै आर्थिक कारोबार रोक्न गर्न पत्राचार गरिएको मन्त्रालयले जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्नपूर्ण, इन्दिरा र लुम्बिनी सुगर मिल्सको आर्थिक कारोबार रोक्का गर्न तथा उनीहरुमाथि अनुसन्धान गर्न आन्तरिक राजस्व विभागमा पत्राचार गर्ने निर्णय गरेको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले ती उद्योगहरु मन्त्रालयको सम्पर्कमा नआएकाले आर्थिक कारोबार रोक्का गर्न पत्राचार गर्ने जनाएको हो ।

मन्त्रालयको मध्यस्थतामा भएको सहमति अनुसार उखु किसानसँग यी मिलले माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता रकम बुझाउने सहमति गरेका थिए ।

अन्नपूर्ण र इन्दिर सुगर मिल राकेश अग्रवालको हो भने लुम्बिनी सुगर मिल्स मनिष अग्रवालले लिजमा लिएर सञ्चालन गरिरहेका छन् । मनिष अग्रवालको मृत्यु भएकाले उक्त उद्योग हाल कसले सञ्चालन गर्छ भन्ने विषयबारे नै मन्त्रालय बेखबर रहेको छ ।

मन्त्रालयका अनुसार अहिले सम्म १५ करोड ७५ लाखमात्र बक्यौता रकम किसानले पाएका छन् ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ४ : ३२ बजे

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध