चीनका क्रुर शासकद्वारा इतिहास कब्जा गर्न लोकतन्त्रविरुद्धको तियानमेन नरसंहार ! | Khabarhub Khabarhub

चीनका क्रुर शासकद्वारा इतिहास कब्जा गर्न लोकतन्त्रविरुद्धको तियानमेन नरसंहार !


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनको राजधानी तियानमेन स्क्वायरमा लोकतन्त्रको पक्षमा प्रदर्शन हुँदा गरिएको दमनको ३१ वर्ष पूरा भएको छ ।

१९८९ को जुन ३ र ४ मा प्रदर्शनकारीमाथि गरिएको चरम दमनलाई चीनभित्र स्मरण गरिँदैन । कसैले यसको स्मरणमा कुनै कार्यक्रम गर्न वा सामाजिक सञ्जालमा केही कुरा राखेमा सरकारले कारबाही गर्छ । यसबारेमा अनुगमन गर्न सरकारले १० हजारभन्दा बढी मासिनलाई गुप्त ढंगले खटाउने गरेको छ ।

यदि कसैले यो घटनालाई लिएर कुनै कार्यक्रम गरेमा उसलाई साढे तीन वर्षसम्मको जेल सजायको प्रावधान राखिएको छ । तर, यस नरसंहारअघि लोकतन्त्रको पक्षमा आन्दोलन गरेका लुन झाङ त्यो समय युवा थिए र आफूले चीनको जागरणमा सहभागी भइरहेको महसुस गरेको सम्झन्छन् ।

उनले त्यो नरसंहारलाई ग्राफिक उपन्यासमा समेटेका छन् । जसमा उनले त्यहाँका लोकतन्त्रका पक्षधरमाथि प्रहरी र चिनियाँ अधिकारीहरुको क्रुरतापूर्ण जंगली व्यवहारको चित्रण गरेका छन् ।

बेइजिङको तियानमेन स्क्वायरमा भएको ठूलो प्रदर्शन रोक्नको लागि सुरक्षाबलले गोली प्रहार गरेको थियो । झाङ भने त्यस समय अर्को विद्रोहमा सहभागी हुन ग्रामिण क्षेत्रमा पुगेका थिए ।

सन् १९८९मा बेइजिङको तियानमेन चोकमा विद्यार्थी र मजदूर प्रदर्शनमा सहभागी थिए । तर चीनको बामपन्थी शासनले ३ र ४ जुनको बीचमा उनीहरुलाई दबाएको थियो । अप्रिल महिनामा सुरु भएको सो आन्दोलन जुन ३ र ४ तारेखको बीचमा बेइजिङ नरसंहारमा परिणत भएर अन्त्य भएको थियो ।

यो विषयको रिपोर्टिङ गर्न चीनमा त्यतिबेला व्यापक सेन्सर गरिएको थियो । यसबारेमा चीनमा अहिले पनि कोही बोल्न चाहँदैनन् । झाङ नरसंहारपछि जीवन जोगउन हङकङ पुगेका थिए । त्यहाँबाट उनी फ्रान्स गए । अहिले उनी फ्रान्समै छन् र विभिन्‍न माध्यमबाट त्यो नरसंहारको विषयमा मानिसहरुलाई जानकारी गराउँछन् र दस्तावेजहरु तयार गरिरहेका छन् ।

सो प्रदर्शनमा १० लाखभन्दा बढी मानिस तियानमेन चोकमा भेला भएको र सबैमानि डोजर चलाएको बताइने गरेको छ । सो प्रदर्शन विश्वविद्यालयहरुमा समेत हुन थालेको थियो । प्रदर्शनकारीले तानाशाही समाप्तिको माग गरेका थिए ।

उनीहरुले महंगी बढेको, तलब कम दिइएको जस्ता आरोप लगाएका थिए । यही क्रममा जुन ३ राति सुरक्षाबल टैंकर लिएर तियानमेन चोक पुगेर त्यहाँ रहेका मानिसमा गोलाबारुद बर्षाएका थिए । त्यसमा कैयौं निहत्था मानिस मारिनुका साथै घाइते भएका थिए ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  १२ : ४० बजे

ठेकेदारको साढे ११ अर्ब तिर्न नसकेपछि १० अर्ब ऋण लिँदै विद्युत् प्राधिकरण

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आम्दानी नहुँदा ठेकेदारहरूको ११ अर्ब ६१

पहिलो संसदमा राजा महेन्द्रको नीति कार्यक्रम : सुपथ न्यायको आश्वासन

काठमाडौं– नेपालमा प्रतिनिधिसभा सदस्यको पहिलो आमनिर्वाचन २०१५ फागनु ७ मा

शाङ्घाई अटो शो २०२५ मा एक्सपेंगले सार्वजनिक गर्‍यो ह्युमनॉइड रोबोट ‘आयरन’

काठमाडौं– एक्सपेंगले नयाँ ह्युमनॉइड रोबोट ‘आयरन’ लाई शाङ्घाई अटो शो २०२५

‘नागरिक उन्मुक्ति पार्टीको सरकारमा बस्‍ने मनसाय छैन’

काठमाडौं– जनमत पार्टी र नागरिक उन्मूक्ति पार्टीबीच प्रज्ञा भवन कमलादीमा

हितेन्द्रले सार्वजनिक गरे श्वेतपत्र, विद्युत् प्राधिकरण ५ अर्ब २६ करोड घाटामा

काठमाडौं- नेपाल विद्युत् प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा रहेको