डेंगुको खतराबाट बच्ने उपाय र लक्षण « Khabarhub

डेंगुको खतराबाट बच्ने उपाय र लक्षण


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक सरुवा रोग हो, डेंगु ज्वरो । यो रोग डेंगु भाइरसको संक्रमणबाट लाग्ने गर्दछ ।

डेंगु विषाणुद्धारा संक्रमित एडिज एजिष्टाई जातको पोथी लामखुट्टेबाट सर्दछ । डेंगुका कारण वर्षेनी विश्वभर करोडौं मानिस संक्रमित हुने गर्दछन् ।

लक्षण
– डेंगु भएमा एक्कासी उच्च ज्वरो आउने गर्दछ । यो नै डेंगुको मुख्य लक्षण हो ।
– डेंगु ज्वरो ५ देखि ७ दिनसम्म रहन्छ ।
– डेंगु भएमा बेस्सरी टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने हुन्छ ।
– शरिरमा विमिरा आउने, हाडजोर्नी तथा मांसपेशीहरु दुख्नु पनि डेंगुको लक्षण हो ।
– डेंगु हुदाँ वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने हुन्छ ।
– यसको संक्रमण भएमा नाक वा गीजाबाट रगत बग्ने, रक्तश्राब हुने लक्षण देखा पर्दछ ।
– शरीरमा निल डाम देखा पर्ने, बेहोस हुनु आदी लगायतका लक्षण पनि डेंगुको लक्षण हो ।

सर्तकता
डेंगु सार्ने लामखुट्टेले पानीमा फुल पार्दछ । यसको पोथी लामखुट्टेले पानी जम्ने खाली ड्रम, छतमा राखिएका गमला, टिनका डब्बा, टायर, ट्यूवेल लगयतका स्थानमा फुल पार्दछ । अधिकाशं यी लामखुट्टेले दिउसो मात्र टोक्ने गर्दछन् । तसर्थ लामो बाहुला भएका कपडा लगाउने, दिउसो सुत्दा पनि झुलभित्र मात्र सुत्ने, लामखुट्टे भगाउने धुप, मल्हम वा लिक्विडको प्रयोग गर्नु पर्दछ ।

कसरी बच्ने ?
डेंगु ज्वरोविरुद्ध अहिलेसम्म कुनै खोपको विकस नभएकोले डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु नै सबैभन्दा उत्तम विकल्प हो ।

यसको टोकाईबाट बच्न घर, आगन, घर आसपासका पानी जम्ने भाडाहरु सफा गर्नु पर्दछ । साथै घरवरीपरी सकेसम्म पानि जम्न दिनुहुदैन, आसपासका ढल, पोखरी आदिमा नियमित सरसफाई गर्नु पर्दछ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ११ : ०४ बजे

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि