कोरोनामा लक्ष्य भन्दा बढी राजश्व « Khabarhub

कोरोनामा लक्ष्य भन्दा बढी राजश्व


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- आन्तरिक राजश्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षको शुरुआती समयमा लक्ष्य भन्दा बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार साउन महिनामा विभागले तोके भन्दा बढी राजश्व सङ्कलन भएको हो ।

कोरोना कहरको समयमा समेत कार्यालयलाई लक्ष्य रु १ अर्ब ४६ करोड २२ लाख ३ हजार तोकीएकोमा शून्य दशमलब ९२ प्रतिशत बढी सङ्कलन गरेको हो । कार्यालयका प्रमुख शुब प्रसाद रिजालका अनुसार साउन महिनामा रु १ अर्ब ४७ करोड ५६ लाख ७५ हजार राजश्व उठेको छ ।

कार्यालयले साउन महिनामा सबैभन्दा बढी अन्तशुल्क शीर्षकबाट राजश्व असुली गरेको छ । सबै भन्दा कम स्वास्थ्य सेवा करबाट उठेको छ । अन्तःशुल्कबाट रु ९८ करोड २४ लाख ५० हजार र स्वास्थ्य सेवा करबाट रु ११ लाख २५ हजार राजश्व उठेको छ ।

कार्यालयले लक्ष्यभन्दा बढी आयकर र व्याजकर शीर्षकमा राजश्व असुल गर्न सफल भएको छ । व्याजकर मा रु २० करोड १७ लाख ९४ हजार राजश्व उठेको छ । यो महिनामा रु १३ करोड ३७ लाख ७३ हजार राजश्व असुली गर्ने लक्ष्य लिइएको थियो । आयकरमा कार्यालयले रु २ करोड ८० लाख २४ हजार राजश्व असुली गरेको छ । सो महिनामा यसमा रु ७६ लाख ५२ हजार राजश्व असुली गर्ने लक्ष्य लिएको थियो ।

यस्तै मुल्य अभिवृद्धि कर अन्तर्गत रु २५ करोड ८३ लाख ९५ हजार र बहाल कर रु ३८ लाख ८७ हजार असुली भएको छ । विभागले कार्यालयलाई यस वर्षको रु १८ अर्ब ९० करोड लक्ष्य तोकेको छ । । कार्यालयमा अहिले ५० हजार करदाता रहेको कार्यालयले जनाएको छ ।

यस कार्यालयले साउनदेखि चितवन मात्रै हेर्दै आएको छ । चालु आर्थिक वर्षबाट सुस्ता पूर्व नवलपरासी कार्यालय स्थापना भएपछि जिल्ला मात्रै हेर्न थालेको हो ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ४ : ५७ बजे

बागमती प्रदेश : पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती– चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले वार्षिक

उपमहासचिवमा माओवादी पृष्ठभूमिका लेखराज भट्ट सबैभन्दा अघि

काठमाडौं– एमालेको ११ औँ महाधिवेशनमा उपमहासचिव तर्फ भएको प्रतिस्पर्धामा अद्यावधिक

नेपाल चिकित्सक संघको निर्वाचन : नेतृत्वका लागि त्रिकोणात्मक प्रतिस्पर्धा

काठमाडौं– नेपाल चिकित्सक संघको आगामी नेतृत्व चयनका लागि प्रजातान्त्रिक, प्रगतिशील

उपमहासचिवमा लेखराज पहिलो, योगेश तेस्रो, चौथोमा विष्णु रिमाल

काठमाडौं- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको

एमाले मतपरिणाम अपडेट : पदाधिकारीमा कसले कति मत पाए ?

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत भएको मतदानको मतगणना जारी