विदेशमा रहेका नेपालीले मोबाइलबाटै पैसा पठाउन सक्ने « Khabarhub

विदेशमा रहेका नेपालीले मोबाइलबाटै पैसा पठाउन सक्ने


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विदेशमा रहेका नेपालीले अब मोबाइलबाटै पैसा पठाउन सक्ने भएका छन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले मोबाइलबाटै आफूले कमाएको रकम आफन्तलाई पठाउन सक्ने व्यवस्था कार्यान्वयनमा आएको हो ।

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलेक्ट्रोनिक कार्ड र डिजिटल वालेटमार्फत् रेमिट्यान्स पठाउन मिल्ने नयाँ व्यवस्था गरेको हो ।

यसअघि रेमिट्यान्स बैंकिङ प्रणाली वा विप्रेषण सेवा प्रदायक कम्पनीले मात्रै पठाउँदै आएका थिए।

नयाँ व्यवस्थापछि भने मोबाइलबाटै व्यक्ति स्वयमले पैसा पठाउन सक्ने भएका छन् ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले सोमबार एक परिपत्र मार्फत विदेशमा रहेका नेपालीले विद्युतीय माध्यमबाटै नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको हो।

बैंकका अनुसार त्यसका लागि नेपालका बैंक तथा वित्तीय संस्था एवम् विप्रेषण सेवा प्रदायक कम्पनीले विदेशमा काम गरिरहेका नेपाली कार्यरत रहेका देशमा सञ्चालनमा रहेका विद्युतीय भुक्तानी गर्ने संस्थासँग भने आवद्ध हुनुपर्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकको विप्रेषण विनियामावली २०७६ को साविक व्यवस्थाका अतिरिक्त तोकिएको सर्त र सीमासहित सम्झौता गरी विद्युतीय माध्यमबाट नेपालमा रकम पठाउन सक्ने व्यवस्था गरिएको हो।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ९ : ३० बजे

नसर्ने रोगको जोखिम कम गर्नुपर्नेमा जोड

काठमाडौँ– नेपालमा बढ्दो नसर्ने रोगको जोखिमलाई कम गर्न स्वास्थ्य सेवाको

गोरखा बाह्रकिलो बजारका घरटहरा हटाइयो

गोरखा– गोरखा नगरपालिका–११ को सार्वजनिक जग्गामा सञ्चालित बाह्रकिलो बजारमा बनेका

सिंहदरबार गेटबाट अनेरास्ववियुका अध्यक्ष धामीसहित ७ जना पक्राउ

काठमाडौँ– सिंहदरबारको निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले नेकपा

नुवाकोट-धादिङको गगटे क्षेत्रमा धान रोपाइँको चटारो (तस्बिरहरू)

नुवाकोट– नुवाकोट र धादिङको गल्छीबीच पर्ने गगटे क्षेत्रमा मनसुन सक्रिय

कर्णालीका मन्त्रीको सामूहिक राजीनामा

सुर्खेत– कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट सहभागी सबै मन्त्रीले