साउदीमा ६३ नेपालीलाई बहिर्गमन भिसा « Khabarhub

साउदीमा ६३ नेपालीलाई बहिर्गमन भिसा


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा–  साउदी अरबमा गैरकानूनी रुपमा बसेका नेपालीहरु मध्ये पछिल्लो समय थप ६३ जनाले एक्जिट (बहिर्गमन भिसा) भिसा पाएका छन् ।

साउदीस्थित नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले अहिलेसम्म १ हजार २८० जना नेपालीहरुलाई बहिर्गमन भिसा उपलब्ध गराइसकेको जनाएको छ ।

साउदीको विभिन्न कम्पनी, प्रतिष्ठानहरूमा कार्यरत श्रमिकलाई साउदीको आवासीय अनुमति पत्र (अकामा) नबनाइदिएका वा नवीकरण नगरिदिएका नेपालीलाई स्वदेश फिर्तिमा सहजीकरण गर्दै साउदी सरकारले बहिर्गमन भिसा दिएको दूतावासले जनाएको छ ।

कतिपय नेपालीहरुले आफ्नो अकामाको म्याद रहे नरहेको बारेमा स्पष्ट नबुझी दूतावासमा पठाउने गरेकाले त्यसबारे प्रष्ट हुने गरीको कागजातसहित पासपोर्ट र अकामाको फोटो खिची दूतावासमा पठाउन पनि अनुरोध गरिएको छ ।

यस्तै विभिन्न कसुरमा मुद्दा लागेका व्यक्तिहरुले पनि त्यस्तो मुद्दा सामाधान भइसकेपछि मात्रै कागजात पठाउन दूतावासले आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  १० : ४८ बजे

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,