कोरोना भाइरसको प्रकोप बढेपछि चीनको बुहानमा सार्वजनिक यातायात बन्द « Khabarhub

कोरोना भाइरसको प्रकोप बढेपछि चीनको बुहानमा सार्वजनिक यातायात बन्द


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइसरको सुरुवाती बिन्दु मानिएको चीनको बुहानमा सार्वजनिक यातायात बन्द गरिएको छ ।

अस्थायी रुपमा सार्वजनिक यातायात बन्द गरिएपछि त्यहाँ बसोबास गर्ने १ करोड १० लाख भन्दा बढी मानिस प्रभावित भएका छन ।

गत डिसेम्बरमा बुहानबाट देखिएको कोरोना भाइरसको संक्रमण चीनका अन्य स्थानमा समेत फैलिएपछि रोकथामको प्रयत्नस्वरुप अस्थायी रुपमा सार्वजनिक यातायात बन्द गरिएका चिनियाँ अधिकारीहरुले जनाएका छन ।

अस्थायीरुपमा सार्वजनिक यातायात बन्द हुँदा मानिसहरुको आवातजावात रोकिने र संक्रमण पनि फैलन कम हुने दावी गरिएको छ । कोरोना भाइरसका कारण चीनमा अहिलेसम्म १७ जनाको मृत्यु भइसकेको छ भने ५ सय भन्दा बढी संक्रमित भएको बताइएको छ ।

स्वासप्रस्वासमा समस्या हुने तथा उच्च ज्वरो आउनेसहितका लक्ष्यण देखिदै मानिसको मृत्यु नै हुन थालेपछि कोरोनाकाबिरुद्ध संसारभर सतर्कता अपनाइएको छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ७ : ५८ बजे

जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

टोकियो- जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको

सुशासनका सवालमा सरकार असफल देखियो : खुस्बु ओली

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुशासनका सवालमा

सभामुखले भने- आईपीयू बैठकमा बाढीपहिरो र जलवायु असरबारे आवाज उठाउँछु

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले अन्तर–संसदीय संघ(आइपीयु)को बैठकमार्फत जलवायु परिवर्तनले

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग