कोरोना भाइरसको महामारी– साउदी अरबमा २१ दिने कर्फ्यू शुरु « Khabarhub

कोरोना भाइरसको महामारी– साउदी अरबमा २१ दिने कर्फ्यू शुरु


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

रियाद– साउदी अरबले सोमबारबाट लागू हुने गरी २१ दिने कर्फ्यू जारी गरेको छ ।

कोरोना भाइरसको प्रकोप रोकथामका लागि भन्दै साउदी नरेश सलमान बिन अब्दुलाजिजले मुलुकभर कर्फ्यू जारी गरेका हुन् ।

यसअनुसार साउदी अरबमा हरेक दिन बेलुकी ७ बजेबाट बिहान ६ बजेसम्म मानिसहरुलाई घरबाहिर निस्कन दिइनेछैन ।

आइतबार साउदी अरबमा कोरोना भाइरसका ११९ जना नयाँ संक्रमित देखा परेका थिए ।

यससँगै साउदी अरबमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५११ पुगेको छ । यो संख्या खाडी क्षेत्रका मुलुकहरुमै सबैभन्दा धेरै हो ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ४ : ०५ बजे

नेकपा र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता भएको

एक करोड लागतमा पुस्तकालय भवन निर्माण

दमौली– यहाँको देवघाट गाउँपालिका–५ मा एक करोड लागतमा देवघाट सार्वजनिक

अर्थसंक्षेप : नेप्सेमा सामान्य गिरावट, भक्तपुर चेम्बरको अध्यक्षमा श्रेष्ठ निर्विरोध र एआई पहलमा भारतलाई अमेरिकी निम्तो

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ निर्विरोध लामोसमयदेखि शैक्षिक विकासको

विशेष महाधिवेशन पक्षधरको चेतावनी : सभापति नआए भोलि नै नयाँ नेतृत्व घोषणा हुन्छ

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षीय नेताहरूले बहुमत प्रतिनिधिको आवाजलाई

‘कांग्रेसको विशेष महाधिवेशनका पक्षमा पुगे ६३ प्रतिशत प्रतिनिधि’

काठमाडौं- काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा ६३