अमेरिकी विदेशमन्त्री पोम्पेओ अफगानिस्तान भ्रमणमा « Khabarhub

अमेरिकी विदेशमन्त्री पोम्पेओ अफगानिस्तान भ्रमणमा


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ सोमबार अफगानिस्तानको राजधानी काबुल पुगेका छन् ।

अफगानिस्तानमा तालिबान विद्रोहीका कारण बढ्दो हिंसा, राजनीतिक अस्थिरता र बढ्दो कोरोनाभाइरसको सङ्क्रमणका कारण अफगानिस्तानको अप्ठेरो अवस्थाबीच उनी काबुल पुगेका हुन् ।

केही समय पहिले शान्ति वार्ताका लागि सहमति भएको भए पनि विकसित पछिल्लो घटनाक्रमका कारण अफगानिस्तानको शान्ति प्रक्रिया पनि थप खतरामा परेको बताइएको छ ।

पोम्पेओले अफगानिस्तानका राष्ट्रपति असरफ घानी र उनका राजनीतिक प्रतिद्वन्द्वी अब्दुल्ला अब्दुल्लाहसँग भेट गरेका छन् ।

तालिबानसँगको हालै भएको वार्तामा प्रमुख भूमिका निर्वाह गरेका राजदूत जाल्मे खालिलजादले पोम्पेओलाई काबुल एयरपोर्टमा पुगेपछि स्वागत गरेका थिए ।

अफगानिस्तान सरकार र तालिवानले कैदी आदानप्रदानको बारेमा पहिलो छलफल गरेको एक दिन पछि अमेरिकी विदेशमन्त्रीको यो भ्रमण भएको बताइएको छ ।

गत महिना अमेरिका र तालिबानबीच अमेरिकी सेना फिर्ताको सम्झौता भएको थियो । सो सम्झौतालाई शान्ति स्थापनाको ठूलो महत्वपूर्ण कदमका रुपमा लिइएको थियो ।

यस सम्झौतापछि सन् २००१ मा अफगानिस्तानमा आक्रमणपछि अमेरिकाले सुरु गरेको मिसनको सबैभन्दा लामो युद्ध अन्त्य गर्ने सम्झौताले एउटा ढाँचा स्थापित भएको बताइएको छ ।

विदेशमन्त्रीको यो भ्रमण यसै शान्तिवार्तामा केन्द्रित हुने अनुमान गरिएको छ । उनले अफगान राष्ट्रपति र अन्य विशिष्ठ अधिकारीहरुसँग गर्ने वार्तामा पनि यसै विषयमा कुराकानी हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ६ : १४ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल