योग गुरु रामदेवले सार्वजनिक गरेको ‘कोरोनाको औषधि’ प्रयोगमा रोक « Khabarhub

योग गुरु रामदेवले सार्वजनिक गरेको ‘कोरोनाको औषधि’ प्रयोगमा रोक


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – योग गुरु रामदेवले कोरोनाभाइरसको उपचारको लागि बनाएको आयुर्वेदिक औषधि भारत सरकारले प्रचार प्रसार र प्रयोगमा रोक लगाएको छ ।

भारतको आयुष मन्त्रालयले पतञ्‍जली ग्रुपलाई निर्देशन दिँदै मंगलबार यस औषधिको परीक्षण नहुन्जेल प्रचार-प्रसार नगर्न निर्देशन दिएको छ।

यसका साथै उत्तराखण्ड सरकारको लाइसेन्सिङ्‍ग अथोरिटीबाट यस उत्पादनको अनुमतिपत्रको प्रतिलिपि पनि मगाइएको छ। मंगलवार बिहान पतञ्‍जलि आयुर्वेदका प्रमुख  रामदेवले कोरोना भाइरसबाट बच्‍न कोरोनिल नामक आयुर्वेदिक औषधि सार्वजनिक गर्दै यसबाट बिरामी ठीक भइरहेको जिकिर गरेका थिए।

मन्त्रालयले उसको रिसर्चको पूरा विवरण उपलब्ध गराउन पनि भनेको छ। पतञ्‍जलिको कोरोना ट्याब्लेटबारेमा आयुष मन्त्रालयले यस औषधिको वैज्ञानिक परीक्षण नगरी विश्‍वास गर्न नसकिने जनाएको छ।

कोरोना महामारीको औषधि बनाउन कुनै नि कम्पनीले मन्त्रालयको अनुमति लिनुपर्ने हुन्छ। त्यसपछि मात्रै त्यो कम्पनीले औषधि बनाउन पाउँछन्।

योग गुरु रामदेवले मंगलबार पत्रकार सम्मेलन गरी ‘कोरोनिल’ नामको औषधि लञ्च गरेका थिए ।

रामदेवले यस आयुर्वेदिक औषधिबाट ७ दिनमा कोरोना संक्रमितलाई ठिक गरेको र यस औषधिबाट कोरोनाको उपचार हुने दाबी गरेका थिए ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ९ : ३४ बजे

राउण्ड अफ ३२ मा ब्राजिल र जापान भिड्दै, रोमाञ्चक भीडन्तको अपेक्षा

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत ‘राउन्ड अफ ३२’ को रोमाञ्चक

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ

वामपन्थी एकता अत्यन्त आवश्यक भइसक्यो : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

ढोरपाटन– बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाख रुपैयाँको जेनेरेटर