योग गुरु रामदेवले सार्वजनिक गरेको 'कोरोनाको औषधि' प्रयोगमा रोक | Khabarhub Khabarhub

योग गुरु रामदेवले सार्वजनिक गरेको ‘कोरोनाको औषधि’ प्रयोगमा रोक


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – योग गुरु रामदेवले कोरोनाभाइरसको उपचारको लागि बनाएको आयुर्वेदिक औषधि भारत सरकारले प्रचार प्रसार र प्रयोगमा रोक लगाएको छ ।

भारतको आयुष मन्त्रालयले पतञ्‍जली ग्रुपलाई निर्देशन दिँदै मंगलबार यस औषधिको परीक्षण नहुन्जेल प्रचार-प्रसार नगर्न निर्देशन दिएको छ।

यसका साथै उत्तराखण्ड सरकारको लाइसेन्सिङ्‍ग अथोरिटीबाट यस उत्पादनको अनुमतिपत्रको प्रतिलिपि पनि मगाइएको छ। मंगलवार बिहान पतञ्‍जलि आयुर्वेदका प्रमुख  रामदेवले कोरोना भाइरसबाट बच्‍न कोरोनिल नामक आयुर्वेदिक औषधि सार्वजनिक गर्दै यसबाट बिरामी ठीक भइरहेको जिकिर गरेका थिए।

मन्त्रालयले उसको रिसर्चको पूरा विवरण उपलब्ध गराउन पनि भनेको छ। पतञ्‍जलिको कोरोना ट्याब्लेटबारेमा आयुष मन्त्रालयले यस औषधिको वैज्ञानिक परीक्षण नगरी विश्‍वास गर्न नसकिने जनाएको छ।

कोरोना महामारीको औषधि बनाउन कुनै नि कम्पनीले मन्त्रालयको अनुमति लिनुपर्ने हुन्छ। त्यसपछि मात्रै त्यो कम्पनीले औषधि बनाउन पाउँछन्।

योग गुरु रामदेवले मंगलबार पत्रकार सम्मेलन गरी ‘कोरोनिल’ नामको औषधि लञ्च गरेका थिए ।

रामदेवले यस आयुर्वेदिक औषधिबाट ७ दिनमा कोरोना संक्रमितलाई ठिक गरेको र यस औषधिबाट कोरोनाको उपचार हुने दाबी गरेका थिए ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ९ : ३४ बजे

बेलायत र अमेरिकासँग सम्बन्ध सुदृढ बनाउने कार्नीको योजना

क्यानडा – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी अहिले रणनीतिक रूपले दक्ष

लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेसको महत्त्वपूर्ण भूमिका : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

रुप्से झरनामा पर्यटकीय पूर्वाधार

म्याग्दी– पर्यटकको सहजताका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ दानास्थित रुप्से

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं – नेकपा (एमाले) को संसदीय दलको बैठक शनिबारका लागि