भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन सर्वाधिक ४५ हजार संक्रमित « Khabarhub

भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन सर्वाधिक ४५ हजार संक्रमित


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा लगातार कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ ।

लगातार संक्रमितको संख्यामा बृद्धि हुदै आएको भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ४५ हजार ५९९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै पछिल्ला पाँच दिनमा मात्रै १ लाख ९९ हजार १२७ जना संक्रमित भएका छन् ।

लगातार बढ्दो क्रममा संक्रमण देखिएको भारतमा यसअघि सोमबार एकै दिन अहिलेसम्मकै सर्वाधिक ४० हजार २४३ जनामा संक्रमण देखिएको थियो ।

कुल संक्रमित संख्या १२ लाख ३९ हजार पुगेको भारत विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी संक्रमितको सूचिमा छ । संक्रमितमध्ये अहिलेसम्म ७ लाख ८४ हजार २६६ संक्रमणमुक्त भएका छन् भने ४ लाख ‍२५ हजार ५२८ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा १ हजार १२० जनाको मृत्यु भएपछि बिहीबार बिहानसम्म ज्यान गुमाउनेको २९ हजार ८९० पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ५ : ३७ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको