उद्योग वाणिज्य महासंघको निर्वाचन पुन: स्थगित « Khabarhub

उद्योग वाणिज्य महासंघको निर्वाचन पुन: स्थगित


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको यही साउन अन्तिम साताका लागि तोकिएको निर्वाचन स्थगित भएको छ ।

बिहीबार बसेको पदाधिकारी बैठकले निर्वाचन स्थगित गरेको महासंघ अध्यक्ष भवानी राणाले बनाइन् ।

‘लकडाउन खुला भए पनि कोरोनाको जोखिमलाई मध्यनगर गरेर निर्वाचन स्थगित गर्ने निर्णय गरेका हौं ।’, अध्यक्ष राणाले भनिन् ।

सरकारले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सभा, सम्मेलन आयोजना नगर्न भनेको अवस्थामा निर्वाचन गर्न उपयुक्त नहुने निर्णय भएको उनले बताइन् ।

बैठकमा पदाधिकारीहरु र ८ जना पूर्वअध्यक्षहरु सहभागी थिए । सबैले सरकारको निर्णयलाई मान्नुपर्ने धारणा राखेपछि निर्वाचन स्थगितको निर्णय भएको हो ।

महासंघको वरिष्ठ अध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्थाअनुसार अबको नेतृत्व हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले लिदैछन् ।

वरिष्ठ उपाध्यक्षका लागि भने दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । हालका उपाध्यक्षद्वय चन्द ढकाल र किशोर प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

उनीहरुसहित विभिन्न पदका लागि चैत्र २८ र २९ गते निर्वाचन हुनुपर्ने थियो । तर चैत्र ११ गतेबाट सरकारले लकडाउनको घोषणा गरेपछि निर्वाचन स्थगित भएको थियो ।

महासंघले यही २५ र २६ गते निर्वाचनका लागि मिति तोकेको भए पनि पुनः स्थगित भएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ६ : ५९ बजे

तत्काल नेतृत्व नफेर्ने संस्थापनको अडान कायमै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा तत्काल नेतृत्व नफेर्ने अडानमा संस्थापन

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले