उद्योग वाणिज्य महासंघको निर्वाचन पुन: स्थगित « Khabarhub

उद्योग वाणिज्य महासंघको निर्वाचन पुन: स्थगित


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको यही साउन अन्तिम साताका लागि तोकिएको निर्वाचन स्थगित भएको छ ।

बिहीबार बसेको पदाधिकारी बैठकले निर्वाचन स्थगित गरेको महासंघ अध्यक्ष भवानी राणाले बनाइन् ।

‘लकडाउन खुला भए पनि कोरोनाको जोखिमलाई मध्यनगर गरेर निर्वाचन स्थगित गर्ने निर्णय गरेका हौं ।’, अध्यक्ष राणाले भनिन् ।

सरकारले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सभा, सम्मेलन आयोजना नगर्न भनेको अवस्थामा निर्वाचन गर्न उपयुक्त नहुने निर्णय भएको उनले बताइन् ।

बैठकमा पदाधिकारीहरु र ८ जना पूर्वअध्यक्षहरु सहभागी थिए । सबैले सरकारको निर्णयलाई मान्नुपर्ने धारणा राखेपछि निर्वाचन स्थगितको निर्णय भएको हो ।

महासंघको वरिष्ठ अध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्थाअनुसार अबको नेतृत्व हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले लिदैछन् ।

वरिष्ठ उपाध्यक्षका लागि भने दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । हालका उपाध्यक्षद्वय चन्द ढकाल र किशोर प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

उनीहरुसहित विभिन्न पदका लागि चैत्र २८ र २९ गते निर्वाचन हुनुपर्ने थियो । तर चैत्र ११ गतेबाट सरकारले लकडाउनको घोषणा गरेपछि निर्वाचन स्थगित भएको थियो ।

महासंघले यही २५ र २६ गते निर्वाचनका लागि मिति तोकेको भए पनि पुनः स्थगित भएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ६ : ५९ बजे

मधेसका १५४ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा वन अतिक्रमण नियन्त्रण अभियानलाई गति

भाद्र २३ र २४ गतेको घटनालाई एउटै आँखाले हेर्न मिल्दैन : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सहिद तथा

किएभमा रुसी आक्रमण फेरि सुरु

एजेन्सी– तीन दिनको रोकपछि रुसले युक्रेनको राजधानी किएभमा पुनः क्षेप्यास्त्र

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ

बाँकेमा प्रदेश सरकारद्वारा १५ पुल निर्माण

नेपालगञ्ज (बाँके)- लुम्बिनी प्रदेश सरकारले बाँके जिल्लामा सङ्घीयता कार्यान्वयन भएयता