उद्योग वाणिज्य महासंघको प्राविधिक शिक्षा तालिम सुरु « Khabarhub

उद्योग वाणिज्य महासंघको प्राविधिक शिक्षा तालिम सुरु


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिश काउन्सिलले आयोजना गरेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम कार्यक्रम आज देखि शुरु भएको छ ।

‘इम्प्लोयर लिड लेबर मार्केट सेक्रेटिअरिस्ट (ईएलएमएस)’ परियोजना अन्तर्गत पर्यटन, निर्माण र कृषि क्षेत्रमा जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । परियोजना मार्फत व्यवससायिक वर्गिकरण मानकको विकास तथा श्रम बजार सूचना प्रणालीको विकास गरिने छ ।

यो कार्यक्रम, पर्यटन क्षेत्र, निर्माण क्षेत्र र कृषि क्षेत्रमा कार्यान्वयन हुने पनि अध्यक्ष राणाले बताए । यो परियोजनाले श्रम बजारको माग र आपूर्तिको व्यवस्थापनमा सघाउ पु¥याउने विश्वास गरिएको छ ।

यस्तै श्रम बजार सम्बन्धी तथ्याङ्कको विकास गर्ने कार्यमा समेत यो परियोजना कोशेढुंगा हुने उनले बताए । त्यसबाहेक देशमा बेराजगारी दर घटाउन समेत सघाउ पुग्ने विश्वास अध्यक्ष राणाको छ ।

परियोजनाले मुलुकको औद्योगिक विकासमा सहयोग पु-याउने, श्रम बजार सम्बन्धी सूचना प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउने, उद्योग प्रतिष्ठानहरुको लागि आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउने प्रत्याभुति दिलाउने छ ।

यो कार्यक्रम १७ करोड ९० लाख ११ हजार ७ सय ३३ रुपैयाँ बराबरको बजेटमा १४ महिनाका लागि लागू भएको हो । परियोजनाका साझेदार व्यवसायिक संस्थाहरुमा नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल र नेपाल निर्माण व्यवसायी महासंघ रहेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ९ : ३० बजे

सरकारलाई जेन-जी घाइतेकी आमाको प्रश्न- मेरो छोराको अप्रेशन कहिले हुन्छ ?

काठमाडौं–  जेन-जी आन्दोलनका घाइते अनिश सापकोटा अहिले उपचारका क्रममा छन् । 

सरकारविरुद्ध नाराबाजीपछि पक्राउ परे जेन-जी आन्दोलनका घाइते

काठमाडौं- नयाँ बानेश्वरस्थित पुरानो संसद भवनमा आयोजित एक कार्यक्रममा सरकारको विरोध

नक्कली मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु, सयभन्दा बढी उपचाररत   

भोपाल- भारतको मध्य प्रदेशस्थित सागर जिल्लाको बाँदा क्षेत्रमा नक्कली मदिरा सेवनबाट

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

बझाङ– बझाङमा मेलाको संरक्षण गर्ने अभिप्रायले भलिबल प्रतियोगिता अनिवार्य गरिएको

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ