चालू आर्थिक वर्षको पाँच महिनामा निर्यात ५ प्रतिशतले वृद्धि « Khabarhub

चालू आर्थिक वर्षको पाँच महिनामा निर्यात ५ प्रतिशतले वृद्धि


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो पाँच महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० प्रतिशत आयातमा कमी आउँदा पाँच प्रतिशतले निर्यातमा वृद्धि भएको हो ।

विभागको तथ्याङ्कअनुसार चालू आवको पाँच महिनाको अवधिमा रु पाँच खर्ब २५ अर्ब ४९ करोड बराबरको विदेशी वस्तुको आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ९ दशमलव ५९ प्रतिशतले कमी हो ।

गत आवमा रु पाँच खर्ब ८१ अर्ब २५ करोड बराबरको विदेशी वस्तुको आयात भएको थियो । यसैगरी पाँच महिनाको अवधिमा रु ५० अर्ब पाँच करोड ५६ लाख बराबरको निर्यात भएको छ । गत आवको तुलनामा ५ दशमलव १२ प्रतिशतले निर्यातमा वृद्धि भएको हो ।

गत आवमा सोही अवधिको तुलनामा रु ४७ अर्ब ६१ करोड ६८ लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको थियो ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ७ : ४१ बजे

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण