कांग्रेस शीर्ष नेताहरुको बैठक : महाधिवेशनलाई केन्द्रमा राखेर छलफल « Khabarhub

कांग्रेस शीर्ष नेताहरुको बैठक : महाधिवेशनलाई केन्द्रमा राखेर छलफल


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बूढानिलकण्ठ स्थित सभापति शेरबहादुर देउवाको निवासमा कांग्रेसका शीर्ष नेताहरुबीचको बैठक जारी छ ।

सघन रुपमा जारी बैठकले पार्टीमा देखिएको समस्या समाधान गर्ने विश्वास नेताहरुले लिएका छन् ।

विहान १० बजेपछि शुरु भएको बैठकमा २ बजेदेखि ‘लञ्च ब्रेक’ भएको छ ।

कांग्रेसका महामन्त्री विमलेन्द्र निधिका अनुसार बैठकमा सघन छलफल जारी रहेको छ ।

‘बैठकमा सघनरुपमा छलफल भइरहेको छ’ उनले भने,‘अहिले लञ्च ब्रेक भएको छ । यसपछि पनि पुन बैठक बस्नेछ ।’

नेता निधिका अनुसार छलफल महाधिवेशनलाई केन्द्रमा राखेर भइरहेको छ । असन्तुष्ट पक्षको मागका विषयमा गम्भीर रुपमा कुराकानी भइरहेको उनले बताए ।

महाधिवेशनको मिति तलमाथि नहुने गरि अन्य विषयमा छलफल गर्न सकिने यसअघि नै सभापति देउवाले बताइसकेकाले त्यस अनुरुप नै छलफल जारी रहेको र समस्या समाधान हुने उनको भनाइ थियो ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण प्रसाद सिटौला, उपसभापति निधि, नेता प्रकाशमान सिंह लगायतको उपस्थिति रहेको छ ।

पुस ११ गतेको संस्थापन पक्षमात्र सहभागी भएको केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णयहरु प्रति असन्तुष्ट पक्षले आपत्ति जनाउँदै आएको छ ।

केन्द्रीय कार्यसमितिको सो बैठकले पार्टीको केन्द्रीय विभाग २८ बाट बढाएर ४७ बनाउने, नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि छ महिना थप गर्ने, काँग्रेसको सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने, केन्द्रीय महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने लगायतका निर्णय गरेको थियो ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  २ : ३९ बजे

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा

आजदेखि बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ– यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर–चामे

अर्थ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज