हिँडडुलमा प्रतिबन्धले मात्रै कोरोना भाइरसको संक्रमण नरोकिने डब्लूएचओको चेतावनी « Khabarhub

हिँडडुलमा प्रतिबन्धले मात्रै कोरोना भाइरसको संक्रमण नरोकिने डब्लूएचओको चेतावनी


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको संक्रमण फैलने क्रम तीब्र भएकाले  हिँडडुलमा लगाइएको प्रतिबन्धले मात्र नियन्त्रण सम्भव नरहेको चेतावनी दिएको छ ।

विभिन्न मुलुकहरुले ‘लकडाउन’ गरिरहँदा पनि कोरोना भाइरसको संक्रमण फैलने क्रम तीब्र भइरहेका बेला डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले हिँडडुलमा गरिएको प्रतिबन्ध मात्र यसको रोकथामका लागि पर्याप्त नभएको बताएका हुन् ।

विश्वमा तीन लाखभन्दा धेरैमा सङ्क्रमण पाइएको भन्दै गेहब्रेयससले अझैपनि प्रकोपको गतिलाई परिवर्तन गर्न सकिने बताएका छन्।

उनका अनुसार पहिलो केस भेटिएको ६७ दिनपछि एक लाखमा सङ्क्रमण पाइएकोमा अर्को ११ दिनमा दुई लाख मानिसमा यसको संक्रमण देखिएको थियो ।

त्यसको चार दिनमै तीन लाख मानिसमा यसको संक्रमण पुग्नुले संक्रमण फैलने दर उच्च रहेको डब्लूएचओले प्रष्ट्याएको छ ।

यसर्थ कोरोना नियन्त्रणका लागि मानिसहरूको हिँडडुल नियन्त्रणमा मात्र भर नपर्न डब्लूएचओले आग्रह गरेको छ ।

प्रत्येक सङ्क्रमण परीक्षण गरेर तथा सङ्क्रमित व्यक्तिको सम्पर्कमा भएका अन्य व्यक्तिलाई अलग्याउनु उक्त भाइरसविरुद्धको लडाइँमा महत्त्वपूर्ण हुने उसले बताएको छ।

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग मिलेर आह्वान गर्न लागेको जीट्वेन्टी समूहको आकस्मिक शिखर सम्मेलनमा विश्व स्वास्थ्य सङ्गठनलाई पनि पनि निम्त्याइएको छ। रोगका सम्भावित उपचारबारे उक्त बैठकमा छलफल हुने बीबीसीले जनाएको छ।

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस सङ्क्रमणलाई ‘विश्वव्यापी महामारी’ को सङ्ज्ञा यसअघि नै दिइसकेको छ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ११ : २८ बजे

सरकारका प्रवक्ता भन्छन् : रास्वपा सभापतिको भारत भ्रमणसँग प्रधानमन्त्रीको कुनै सम्बन्ध छैन

काठमाडौं- सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गर्न लागेको

निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन मतदान केन्द्र व्यवस्थापनमा ध्यान दिन आग्रह

काठमाडौं– आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन

यस्ता छन् मन्त्रिपरिषद्को बैठकका चार निर्णय

काठमाडौं- सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न चारवटा निर्णय गरेको छ।

नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव डंगोल

काठमाडौं- सरकारले नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त 

सडक असहज : सेवाग्राहीलाई समस्या

मुस्ताङ– जोमसोम जिल्लाको एक मात्र २५ शय्याको प्रदेश अस्पताल जोड्ने