चिनियाँ विस्तावरवादी नीतिले भविष्य अन्धकार हुने निर्वासित तिब्बतीयन सरकारको चेतावनी « Khabarhub

चिनियाँ विस्तावरवादी नीतिले भविष्य अन्धकार हुने निर्वासित तिब्बतीयन सरकारको चेतावनी


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-निर्वासनमा रहेको तिब्बतीयन सरकारले चिनियाँ विस्तारवादी नीतिले यस क्षेत्रको भविष्य अन्धकार हुने चेतावनी दिएको छ ।

तिब्तीयन सरकारका निर्वासित अध्यक्ष लोबसाङ साङजेले बेइजिङले को-ओप्टेसन (सदस्य नियुक्त गर्नु), जस अनुसार नेपालका कुलिनहरुलाई खरिद गर्ने नीति अपनाइरहेको छ ।

उनले भने, “जसरी तिब्बतलाई कब्जा गरेको छ, पहिला उनीहरुले तिब्बतदेखि चीनसम्मको सडक बनाउने, तिब्बतीयनको समृद्धिलाई प्राथमिकतामा राख्‍ने बताएका थिए । जब उनीहरुले सडक बनाए, त्यसपछि उनीहरुले ट्रक, ट्यांक, हातहतियार ल्याएर र हामीमाथि कब्जा जमाए ।”

“हङकङमा अहिले सुरक्षा कानुन लागु गर्ने प्रक्रिया अघि बढाएको छ,” उनले भने, “यसअघि तिब्बतमा पनि यो कानुन लागु गरेको थियो । त्यसको पहिलो सिकार नै तिब्बत बनेको छ । यदि भारतले चीनसँगको सीमा समस्या समाधान गर्न चाहन्छ भने पहिला तिब्बतसँगको समस्या समाधान गरिनुपर्छ ।”

हङकङमा जनताहङले अहिले स्वतन्त्रता, आधारभूत मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता, स्वतन्त्रपूर्ण शान्तिपूर्ण भेला गर्न पाउने र प्रातान्तित्र अधिकारको माग गरिरहेका छन् । तर, जब राष्ट्रिय सुरक्षा कानुन लागु हुन्छ त्यसपछि यी मागहरुसमेत राख्‍न पाइने छैन ।

उनले भारतले चीनसँग समस्या समाधान गर्न चीनलाई भारत-चीनको सीमा नजोडिएको र भारत र तिब्बतको सीमा जोडिएको स्पष्ट जवाफ दिनुपर्ने बताएका छन् ।

चीनले विभिन्‍न मुलुकका कुलिनहरुलाई किनेर त्यहाँ आफ्नो शासन सञ्‍चालनको बाटो सहज बनाउने चिनियाँ रणनीति अहिले विश्‍वर लागु भइरहेको उनले बताएका छन् ।

उनीहरुले हरेक पेशा, व्यवसाय र क्षेत्रका मानिसहरुलाई किनेकोले उनीहरुलाई पहिल सच्चिन आग्रह गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ४ : ५६ बजे

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइने

ललितपुर– ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित

कस्तो आउला मौद्रिक नीति ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि नयाँ मौद्रिक

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौं- कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापक रूपमा फैलिएको छ

‘सेलिब्रटीलाई अपराध गर्न छुट हो ?’

काठमाडौं- नाबालिग तथा विभिन्न युवतीसँग अवाञ्छित संवाद गरेको स्क्रिनसट सामाजिक

लोकतन्त्र र वामपन्थी आन्दोलन सिध्याउन भदौ २३ र २४ गते प्रतिगामी षडयन्त्र भयो : ओली

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत