भारतमा कोरोना संक्रमितको संख्यामा दिनानुदिन नयाँ रेकर्ड, एकैदिन सर्वाधिक ४८ हजार संक्रमित « Khabarhub

भारतमा कोरोना संक्रमितको संख्यामा दिनानुदिन नयाँ रेकर्ड, एकैदिन सर्वाधिक ४८ हजार संक्रमित


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा लगातार कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ ।

लगातार संक्रमितको संख्यामा बृद्धि हुदै आएको भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ४८ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको छ ।

दुइ दिनमा मात्रै भारतमा करिव एक लाख मानिस  संक्रमित भएका छन् । यसअघि बिहीबार भारतमा ४५ हजार ५९९ जनामा संक्रमण पुष्टि भएको थियो।

कुल संक्रमित संख्या १२ लाख ८८ हजार १३० पुगेको भारत विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी संक्रमितको सूचिमा छ । संक्रमितमध्ये अहिलेसम्म ८ लाख १७ हजार ५९३ संक्रमणमुक्त भएका छन् भने ४ लाख ३९ हजार ८९२ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७५५ जनाको मृत्यु भएपछि शुक्रबार बिहानसम्म ज्यान गुमाउनेको ३० हजार ६४५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ५ : ४५ बजे

युवा आन्दोलनले मोदी सरकारलाई दबाब

एजेन्सी– परीक्षा अनियमितता र रोजगारीका अवसरप्रतिको असन्तुष्टिलाई लिएर भारतभर फैलिएको

आईसीसी टी- २० वरीयतामा वैभवको छलाङ : शुभमन फेरि एक दिवसीयको पहिलो नम्बरमा

काठमाडौं- आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा भारतका युवा ब्याटर वैभव

ट्रम्प-नेतन्याहु भेटिरहेकै बेला जब इरानले अमेरिकी सेनामाथि हान्यो ब्यालिस्टिक मिसाइल

तेहरान- इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै ब्यालिस्टिक

सुनसरी घटनाप्रति उपराष्ट्रपतिको चिन्ता, शान्ति र सद्भाव कायम गर्न अपिल

काठमाडौं–  उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुनसरीमा हालै भएका घटनाक्रमप्रति चिन्ता व्यक्त

सम्यक महादान तथा पञ्चदान कार्यक्रम श्रद्धापूर्वक सम्पन्न (तस्बिरहरू)

काठमाडौं–  गुरु पूर्णिमाको अवसरमा बुधबार काठमाडौंको महाबुद्ध महाविहारमा २४ वर्षमा