१९ लाख ९१ हजार नगदसहित हुण्डी कारोबारी पक्राउ | Khabarhub Khabarhub

१९ लाख ९१ हजार नगदसहित हुण्डी कारोबारी पक्राउ


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले काठमाडौंको बिशालनगरबाट १९ लाख ९१ नगदसहित एक हुण्डी कारोबारीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्याङ्जाको कालिगण्डकी गउँपालिका–५ ताँप का ४० वर्षीय ढुण्डीराज न्यौपाने रहेका छन्।

न्यूरोडमा हाम्रो गण्डकी ईन्टरप्रारईजेज नामक कपडा पसल सञ्चालन गर्दै आएका न्यौपानेको साथबाट सो परिमाणको नगद बरामद भएको प्रहरीले जनाएको छ ।

शंकास्पद रूपमा हिँडिरहेका न्यौपानेलाई नियन्त्रणमा लिई शरीर खानतलासी गर्ने क्रममा उनले बोकेको झोलामा सो परिमाणको रकम फेला परेको प्रहरीले जनाएको छ ।

उनले भाइबरमार्फत हुण्डी कारोबार गर्दै आएको प्रहरीको दाबी छ। प्रारम्भिक अनुसन्धान पश्चात थप अनुसन्धान तथा कारबाहीको लागि उनलाई राजश्‍व अनुसन्धान विभाग पुल्चोक पठाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ६ : ४६ बजे

तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

तनहुँ– तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत

बागमतीसहित तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिया निर्यात ५२ प्रतिशतले बढ्यो

झापा – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार