कतारमा कोरोनाविरूद्ध खोप अभियान सुरु, पहिलो खोप डाक्टर कुबैसीलाई | Khabarhub Khabarhub

कतारमा कोरोनाविरूद्ध खोप अभियान सुरु, पहिलो खोप डाक्टर कुबैसीलाई



दोहा- कतारमा कोरोना भाइरसविरूद्धको खोप अभियान सुरु भएको छ ।

फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोप अभियान कतारमा पनि सुरू भएको हो ।

पहिलो खोप कतार युनिभर्सिटीका पूर्वनिर्देशक ७९ बर्षीय डा. अब्दुल्लाह अल कुबैसीले अल वजबा  स्वास्थ्य केन्द्रमा पुगेर लगाएको कतारको स्वाथ्य मन्त्रालयले जनाएको छ ।

पहिलो चरणको खोप डिसेम्बर २३ देखि जनवरी ३१ सम्म चल्ने हमाद मेडिकल कर्पोरेसनका सङ्क्रामक रोग प्रमुख डा. अब्दुल्लातीफ अल खलले बताए ।

पहिलो चरणमा ७० वर्ष वा माथि उमेरका सबै, कोभिड–१९ मा खटिएका स्वास्थ्यकर्मीहरू र अन्य कर्मचारीहरू, मन्त्रालयहरूमा महत्त्वपूर्ण भूमिका खेल्ने कर्मचारीहरुका लागि खोप उपलब्ध हुनेछ ।

यसैगरी १६ बर्ष वा माथि उमेरका गम्भीर र दीर्घ रोगीहरू र वृद्धहरूका लागि खोप उपलब्ध हुनेछ। सुरुमा कतारले यहाँका सात प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरू  मार्फत खोप दिने जनाएको छ ।

अल वजबा, लीबाइब, अल रुबैईस, उम सलाल, रावदत अल खाइल, अल थुमामा र मुइथर स्वास्थ्य सेवा केन्द्रहरूबाट खोप लिन सकिनेछ ।

यसका लागि छानिएका बिरामीहरूलाई फोन वा एसएमएस मार्फत सम्पर्क गरिनेछ र उनीहरूलाई तोकिएको स्वास्थ्य केन्द्रहरूमध्ये कुनैबाट खोप दिइने मिति सूचीत गरिनेछ।

कतारले २०२१ भित्रमा आप्रवासी नागरिकसहित अन्य सबैलाई कोभिड–१९ विरुद्धको खोप निशुल्क रुपमा उपलब्ध गराईसक्ने जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ८ : २५ बजे

सात वटै प्रदेशमा पठाइयो एचपीभी खोप 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन

४२ दिनमै ३ चरणमा सकिन्छ युद्धविरामका सबै काम 

काठमाडौं– हमास र इजरायलबिच भएको युद्धविराम अनुसार सुरुवातमा ३ इजरायली

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र

चितवन– भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको

छात्राहरूका लागि बचत खाता खोल्दै आँबुखैरेनी गाउँपालिका

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाले छात्राहरूका लागि बचत खाता खोल्ने भएको

देउवाले कांग्रेसका मन्त्रीहरूबाट लिए कार्यसम्पादनबारे ब्रिफिङ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी