काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना पुष्टि | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना पुष्टि


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौँ, भक्तपुर र ललितपुरका थप ९ जनामा कोरोना पुष्टि भएको बताए।

उनको अनुसार संक्रमितमध्ये काठमाडौँका दुई महिला र दुई पुरुष गरी ४ जना, भक्तपुरका एक महिला र तीन पुरूषमा गरी चार र ललितपुरका १ पुरुषमा कोरोना पुष्टि भएको हो।

उपत्यकाका ९ सहित नेपालमा पछिल्लो २४ घण्टामा थप ४३४ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या ११ हजार १६२ पुगेको प्रवक्ता गौतमले बताए।

पछिल्लो २४ घण्टामा ३१२ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। आज डिस्चार्ज हुनेमा १९ महिला र २९३ जना रहेका छन्।

योसँगै नेपालमा उपचारपछि निको हुनेको संख्या २ हजार ६५० पुगेको छ। जसमा २१६ महिला र २ हजार ४३४ पुरुष रहेका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा दुई पुरुषको निधन भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको प्रवक्ता गौतमले बताए।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ५ : ०५ बजे

जेलेन्स्कीसँग ‘कुनै पनि बैठकको योजना’ नबनेको रुसको भनाइ

मस्को- रुसी र युक्रेनका राष्ट्रपतिबीच कुनै भेटघाटको योजना नभएको रूसले

समाचारका विषयमा ५१ प्रतिशत महिलाले स्थान पाउनुपर्छ : अध्यक्ष झा

काठमाडौं– राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले

भारतमा अनलाइन जुवा प्रतिबन्ध

नयाँ दिल्ली– भारतको संसदले व्यापक असर पार्नेगरी अनलाइन जुवालाई पूर्ण

भारत र चीनको विरोधमा नेविसंघको मशाल जुलुस (तस्बिरहरू)

काठमाडौँ- प्रमुख सत्तारूढ नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ त्रिचन्द्र क्याम्पसले