राजु सदाको मृत्यु होइन, हत्या हो : नेता थापा « Khabarhub

राजु सदाको मृत्यु होइन, हत्या हो : नेता थापा


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले धनुषाको क्वारेन्टाइनमा राजु सदाले सामान्य उपचार नपाएर मर्नु मृत्यु नभएर हत्या भएको आरोप लगाएका छन् ।

विहीबार साँझ ट्वीट गर्दै उनले जनता रोगले मरिरहँदा सरकार आत्मप्रसंशामा रमाएको बताएका छन् ।

‘धनुषाको क्वारेन्टाइनमा किशोर राजु सदाले सामान्य उपचार नपाएर ज्यान गुमाइ रहँदा सरकार भने’कोभिड-१९ महामारी र हाम्रा प्रयासहरू’ पुस्तकमा आफ्नो बखान गर्न व्यस्त छ,’ उनले भनेका छन् ।

उनले उक्त घटनालाई मृत्यु नभएर हत्या भएको बताएका छन् । ‘यो मृत्य नभएर हत्या हो,’ उनले लेखेका छन्, ‘यो दु:खद घटनाले फेरी एकपटक कोरोना व्यवस्थापनको जिम्मा लिनेहरुको नियत र हैसियत देखाएको छ ।’

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  १० : ११ बजे

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ