काष्ठमण्डप पुनर्निर्माणको काम ७० प्रतिशत सम्पन्न « Khabarhub

काष्ठमण्डप पुनर्निर्माणको काम ७० प्रतिशत सम्पन्न


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा काष्ठमण्डप पुनर्निर्माणका क्रममा आज धलिं (मुख्य दलिन) पूजा सम्पन्न भएको छ ।

धलिंलाई काष्ठमण्डप संरचनाको एक महत्वपूर्ण अंगको रुपमा लिइन्छ । यो काष्ठमण्डपको धुरीमा रहेको हुन्छ । श्रीखण्ड तरुमुल महाविहार (सिखंमू बहाः)या गुर्जु यज्ञमानपति वज्राचार्यको नेतृत्वय् वज्रयानी परम्परा अनुसार यो पूजा भएको हो ।

पूजामा जजमानका रुपमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रदेशसभाका सांसद एवं पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्य, उपाध्यक्ष तेजरत्न ताम्राकार र २० वडाका वडाध्यक्ष राजेन्द्र मानन्धर सहभागी भएका थिए ।

धलिं पूजा सम्पन्नपछि संक्षिप्त कुराकानी गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले अबको ध्यान सम्पदा पुर्ननिर्माणमा केन्द्रित गर्दै पुर्ननिर्माणको काम तीव्र गतिका साथ अघि बढाउने जानकारी दिए।

काठमाडौँ महानगरपालिकाले प्रत्येक वर्षको वजेटमा मुर्त–अमुर्त सम्पदाको संरक्षण तथा संम्वर्द्धनका लागि उल्लेख्य मात्रमा  बजेट विनियोज गर्दै आएको पनि उनले जानकारी दिए ।

आर्थिक वर्ष २०७७/०७८ को बजेटमा ९० बढी शीर्षकमा सम्पदाको संरक्षण र पुर्ननिर्माणका लागि काठमाडौँ महानगरपालिकाले बजेट बिनियोजन गरेको छ ।

पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले काष्ठमण्डप पुर्ननिर्माणको काम करिब ७० प्रतिशतसम्पन्न भएको जानकारी दिए ।

वि.सं. २०७५ वैशाखबाट पुनर्निर्माणको सुरु भएको हो । शाक्यले काम समयसीमाभित्रै सम्पन्न हुने दाबी गरे । लकडाउनका बेला पनि कामलाई निरन्तरता दिएको शाक्यको भनाइ छ ।

‘अब दोस्रो तलाको मुख्य दलिन उठाउन र तेस्रो तला बनाउन बाँकी छ,’ उनले भने, ‘हामी समयमै पुर्ननिर्माण सम्पन्न गरेर नयाँ सन्देश दिन चाहन्छौँ ।’

उनले महोत्तरी, चितवन, पर्सा, सिन्धुपाल्चोकलगायतका ठाउँबाट अग्राखको काठ ल्याएर सातौँ शताब्दीमा प्रयोग भएको प्रविधिबाटै पुर्ननिर्माण गरिरहेको जानकारी दिए ।

‘सातौँ शताब्दीमा जुन प्रविधि प्रयोग भएको थियो त्यस्तै प्रविधिबाट हामीले निर्माण गरेका छौँ,’ उनले भने, ‘जुन इटा, माटो प्रयोग भएको थियो । हामीले त्यही प्रयोग गरेका छौँ । केही सवलीकरण पनि गरेका छौँ ।’

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको काष्ठमण्डप पुर्ननिर्माणका लागि महानगरपालिकाले पहिलो चरणमा ५० लाख, दोस्रो र तेस्रो चरणमा पाँच–पाँच करोड दिएको छ ।

प्राचीन महत्वको स्मारक काष्ठमण्डप २०७२ वैशाख १२ को भूकम्पले पूर्ण रूपमा क्षति भएको थियो ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  १० : ०८ बजे

काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस मनाइँदै 

काठमाडौं– काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस नेपाल लगायत

सवारीमा बालबालिका सुरक्षाको नयाँ मापदण्ड: अगाडि बस्न नपाइने, १३५ सेन्टिमिटरको उचाइ मानक

काठमाडौँ– सरकारले साना सवारी साधनमा यात्रा गर्ने बालबालिकाको सुरक्षाका लागि

दुर्घटनामा स्कुटर चालकको मृत्यु

सुनसरी– सुनसरीको इटहरी उपमहानगरपालिका– ५ मा गए राति दुर्घटनामा परेर

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज– चालु आर्थिक वर्ष (आव)को नौ महिनामा वीरगञ्ज नाका हुँदै

नक्कली नोट देखाएर ठगी गर्ने ६ जना पक्राउ

काठमाडौँ – नक्कली नोटलाई सक्कली भन्दै ठगी गरेको अभियोगमा प्रहरीले