प्रधानमन्त्री ओली र ‘रअ’ प्रमुखबीचको भेट कूटनीतिक मर्यादाविपरीत : प्रवक्ता श्रेष्ठ « Khabarhub

प्रधानमन्त्री ओली र ‘रअ’ प्रमुखबीचको भेट कूटनीतिक मर्यादाविपरीत : प्रवक्ता श्रेष्ठ


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर एजेन्सी रअका प्रमुखबीचको भेट कूटनीतिक मर्यादाविपरीत भएकाे बताएका छन् ।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले उनीहरुबीच भएकाे भेटवार्ताको विषयमा पार्टीलाई पूर्व जानकारी नदिएको र भेटपछि पनि कुनै छलफल नभएको प्रस्ट पारेका छन्।

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको संस्थागत जानकारी र उपस्थिति बिना भेटेको बताएका छन्।

‘भारतको गुप्तचर संस्था रअ प्रमुख सामन्त गोयल विमान नै चार्टर गरी आफ्नो टोली सहित नेपाल आएर हाम्रा प्रधानमन्त्रीसँग वार्ता गरेर फिर्ता भएछन्। प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको संस्थागत जानाकारी र उपस्थिति बिना उनलाई भेट्नुभएछ। हाम्रो पार्टीलाई यसबारे पूर्व जानकारी थिएन र पछि पनि पार्टीमा यसबारेमा कुनै संस्थागत एवं औपचारिक छलफल भएको छैन,’ श्रेष्ठले लेखेका छन्।

उनले नेपालको राजनीतिक एवं कूटनीतिक इतिहासमा यस प्रकृतिको यो पहिलो घटना भएको बताएका छन्।

‘देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसूची विदेशी गुप्तचर संस्थाको अधिकारीसँग कूटनीतिक मर्यादाविपरीत समकक्षीझैं औपचारिक वार्ता गरेको हो। नेपालको राष्ट्रिय अनुसन्धान विभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित विषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कूटनीतिक मर्यादाअनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो। त्यो होइन भन्ने स्पष्ट भइसकेको छ’, उनले लेखेका छन्।

विदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो विशेष दूतका रुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो। तर त्यस्तो पनि नदेखिएको उनको भनाइ छ।

‘त्यसैले गम्भीर प्रश्न उठ्छ। विदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट र कूटनीतिक मूल्य र आचारसंहिता विपरीतको यस्तो भेट किन? यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओज गिर्ने मात्र होइन, अन्तर्राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्छ’, उनले भनेका छन्।

गत बुधबार राति ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा रअ प्रमुख गोयलसँग भेटवार्ता गरेका थिए। भेटलाई प्रधानमन्त्रीको सचिवालयले शिष्टाचार भनेको छ। उक्त भेटलाई लिएर नागरिक समाज, विभिन्न दल र सत्तारुढ नेकपाबाटै प्रधानमन्त्री ओलीको आलोचना भइरहेको छ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  १० : ०५ बजे

भारतीय बलरविरुद्ध चलेन पाकिस्तानी ब्याटिङ, ६१ रनले पराजित

काठमाडौँ – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

भारतविरुद्ध पाकिस्तानको संघर्ष, गुमायो ७ विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

चलेन बाबर आजमको ब्याटिङ, ५ रनमा आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या

काठमाडौँ- सर्लाहीको मंगलवामा गोली हानी हत्या गरिएको छ । आइतबार

पाकिस्तानले पहिलो ओभरमै गुमायो विकेट, साहिबजादा फरहान शुन्य रनमै आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको