बर्दिबास बालिका हत्या प्रकरण : सर्वदलीय बैठकले गर्‍यो चार बुँदे निर्णय « Khabarhub

बर्दिबास बालिका हत्या प्रकरण : सर्वदलीय बैठकले गर्‍यो चार बुँदे निर्णय


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिबास- बर्दिबासमा ६ बर्षीया बालिकाको हत्या भएको घटना उग्ररुप लिएपछि प्रशासनले लगाएको निषेधाज्ञामा पनि अन्दोलन नरोकिएपछि महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको अध्यक्षतामा बुधबार बसेको सर्वदलीय बैठकले चार बुँदे निर्णय गरेको हो।

सर्वदलीय बैठकले प्रहरीसँगको झडपमा गोली लागेर घाइते भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेको निधन भएको सम्बन्धमा छानबिनका लागि समिति गठन गर्न सरकारसँग अनुरोध गर्ने, घटनामा घाइते भएका व्यक्तिको उपचारका लागि आवश्यक खर्च र क्षतिपूर्तिका लागि पहल गर्ने सहमति गरेको छ ।

त्यसैगरी बालिका हत्यामा संलग्न व्यक्तिलाई कानुन बमोजिम हदैसम्मको कारबाही, पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्ने, घटनामा गोली लागेर ज्यान गुमाएका सञ्जयको परिवारलाई क्षतिपूर्ति र उनलाई सहिद घोषणा गर्न सरकारलाई अनुरोध गर्ने सहमति गरेको हो ।

६ वर्षीय बालिका गुलाब साह खातुनको हत्यारालाई कडा कारवाहीको माग गर्दै भएको आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु भएका संजयलाई सहिद घोषणा गर्नुपर्नेमा माग गर्दै बुधबार दिनभर बर्दिबासमा आन्दोलन चर्किाइएको थियो ।

स्थितिलाई नियन्त्रण बाहिर जान नदिन स्थानीय प्रशासनले भोलि बिहान ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ८ : ३४ बजे

ग्रे जोनको रिपोर्टबारे रवि, ‘क्रेडिबिलिटी नभएको कुरा म पढ्दै पढ्दिनँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी अनलाइन ‘द

कृष्णभीरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

चितवन– कृष्णभीरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी सञ्चालन गरिने

सर्वसुलभ प्रसूति सेवा उपलब्ध गराउन राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौं- राष्ट्रियसभा सदस्यहरूले देशभर सर्वसुलभ र गुणस्तरीय प्रसूति सेवा उपलब्ध

रविले राख्दै आएको सर्वदलीय बैठक उच्चस्तरीय स्थायी राजनीतिक संयन्त्रमा परिणत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको

भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

ओखलढुङ्गा–  मानेभञ्ज्याङ गाउँपालिका–९ मा भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको