सबैलाई मिलाएर अघि बढ्छु: सापकोटा « Khabarhub

सबैलाई मिलाएर अघि बढ्छु: सापकोटा


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनिर्वाचित सभामुख अग्नि सापकोटाले सबैलाई मिलाएर अघि बढ्ने प्रतिक्रिया दिएका छन् ।

आइतवार(आज) बसेको प्रतिनिधिसभा बैठकबाट निर्विरोध सभामुखमा निर्वाचित भएपछि सापकोटाले आफूले संसदमा रहेका सबै दललाई मिलाएर लैजाने प्रतिक्रिया दिए ।

‘मैले यो पक्ष त्यो पक्ष वा यो दल त्यो दल भनेर अघि बढ्ने छैन’ नवनिर्वाचित सभामुख सापकोटाले भने,‘सबैलाई मिलाएर अघि बढ्ने छु ।’

संसदमा सबैलाई मिलाएर लैजाने जिम्मेवारी अग्नि सापकोटाबाट बहन हुन्छ भन्ने विश्वासका साथ उनलाई सभामुखका रुपमा प्रस्ताव गरेको नेकपाको संसदीय दलका उपनेता सुवास नेम्वाङले बताएका थिए ।

संसदमा आफ्ना धारणा राख्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा नेता मिनेन्द्र रिजालले सापकोटाको नाम नलिई आम नागरिकले शंकाको कुरा गरेको भन्दै त्यसलाई शान्त पार्न उनले सक्छन् कि सक्दैनन् भन्ने भोलिका दिनमा व्यवहारल देखाउने बताएका थिए ।

नवनिर्वाचित सभामुख सापकोटाको पद तथा गोपनीयताको सपथ भोलि गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ४ : ५३ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा