विदेशमा रहेका नेपालीलाई खान बस्नको समस्या हुन नदिइने « Khabarhub

विदेशमा रहेका नेपालीलाई खान बस्नको समस्या हुन नदिइने


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विभिन्न मुलुकमा रहेका नेपालीलाई खान बस्न समस्या नहुने गरी आवश्यक व्यवस्था मिलाउन परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले विभिन्न मुलुकका नियोग प्रमुखलाई निर्देशन दिएका छन् ।

नेपालका प्रमुख श्रम गन्तव्य देशमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै सरकारले त्यहाँ रहेका नेपाली श्रमिकको अवस्थाका बारेमा जानकारी लिदै सम्बन्धित मुलुकका राजदूतलाई निर्देशन दिएका हुन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भिडियो कन्फ्रेन्समार्फत विभिन्न पाँच देशका राजदूतसँग नेपाली श्रमिकको अवस्थाबारेमा जानकारी लिदै खान बस्नको समस्या हुन नदिने प्रबन्ध मिलाउन निर्देशन दिएका हुन् ।

मन्त्रीद्वयले मलेसिया, इजरायल, जापान, दक्षिण कोरिया र दक्षिण अफ्रिकाका राजदूतसँग जानकारी लिएका थिए ।

नेपालीको प्रमुख गन्तव्य मुलुक मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, दक्षिण कोरिया, ओमन र कुवेतलगायत देशमा कोरोना भाइसरको सङ्क्रमण देखिइसकेको छ ।

कोरोना भाइरसको संक्रमण देखिएसँग नेपालीहरु श्रमिकहरु रोजगारी गुमेर कोठामै बसिरहेको बताइरहँदा सरकारले उनिहरुप्रति चासो देखाएको हो ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  १० : ०६ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका

निर्वाचनलाई लक्षित गर्दै झापामा शान्ति–सद्भाव कायम गर्ने प्रतिबद्धता

भद्रपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित