कोरोना भाइरस संक्रमणका कारण बेलायतमा फेरि एक नेपालीको मृत्यु « Khabarhub

कोरोना भाइरस संक्रमणका कारण बेलायतमा फेरि एक नेपालीको मृत्यु


१३ चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसका कारण बेलायतको लण्डनमा फेरि अर्का एक नेपालीको मृत्यु भएको छ ।

दुई दशकदेखि बेलायत बस्दै आएका आएका ४० वर्षीय प्रशान्त अर्यालको सोमबार निधन भएको हो ।

अहिले साउथ इस्ट लण्डनमा बस्दै  अर्यालको गत सोमबार बिहान निधन भएको थियो । पछि उनको रिपोर्टमा कोरोना संक्रमण देखिएको थियो । उनमा ब्लड प्रेसर पनिरहेको बताइएको छ।

बुधबार अस्पतालले मृतकको परिवारलाई टेलिफोन गरेर उनलाई कोरोना संक्रमण पोजिटिभ देखिएको जानकारी गराएको मृतक अर्यालको पारिवारिक स्रोतले जनाएको छ । अर्यालको पुर्ख्यौलि घर चितवन हो ।

केहि समयदेखि सामान्य ज्वरो र खोकीलगायतका लक्षण देखा परेका अर्याललाई गत शनिबार बिहान ४ बजे अकस्मात घरमै चक्कर लागेपछि अस्पताल लगिएको थियो।

स्थानीय क्वीन एलिजावेथ अस्पतालमा उपचारकै क्रममा सोमबार बिहान २ बजे उनको निधन भएको थियो ।

गत साता लण्डनमा नै बस्ने नेपाली भूपू गोर्खा सैनिक लिलाबहादुर राईको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ४ : १६ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति