कोरोना भाइरस संक्रमणका कारण बेलायतमा फेरि एक नेपालीको मृत्यु « Khabarhub

कोरोना भाइरस संक्रमणका कारण बेलायतमा फेरि एक नेपालीको मृत्यु


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसका कारण बेलायतको लण्डनमा फेरि अर्का एक नेपालीको मृत्यु भएको छ ।

दुई दशकदेखि बेलायत बस्दै आएका आएका ४० वर्षीय प्रशान्त अर्यालको सोमबार निधन भएको हो ।

अहिले साउथ इस्ट लण्डनमा बस्दै  अर्यालको गत सोमबार बिहान निधन भएको थियो । पछि उनको रिपोर्टमा कोरोना संक्रमण देखिएको थियो । उनमा ब्लड प्रेसर पनिरहेको बताइएको छ।

बुधबार अस्पतालले मृतकको परिवारलाई टेलिफोन गरेर उनलाई कोरोना संक्रमण पोजिटिभ देखिएको जानकारी गराएको मृतक अर्यालको पारिवारिक स्रोतले जनाएको छ । अर्यालको पुर्ख्यौलि घर चितवन हो ।

केहि समयदेखि सामान्य ज्वरो र खोकीलगायतका लक्षण देखा परेका अर्याललाई गत शनिबार बिहान ४ बजे अकस्मात घरमै चक्कर लागेपछि अस्पताल लगिएको थियो।

स्थानीय क्वीन एलिजावेथ अस्पतालमा उपचारकै क्रममा सोमबार बिहान २ बजे उनको निधन भएको थियो ।

गत साता लण्डनमा नै बस्ने नेपाली भूपू गोर्खा सैनिक लिलाबहादुर राईको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ४ : १६ बजे

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको