तिव्र गतिका बलर आर्चरको विश्वकप मेडल हरायो ! « Khabarhub

तिव्र गतिका बलर आर्चरको विश्वकप मेडल हरायो !


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्ग्ल्यान्डका तिव्र गतिका बलर जोफ्रा आर्चरको विश्वकप क्रिकेटको मेडल पछिल्लो पटक घर सार्दा हराएको छ ।

विश्वकप सकिएको एक वर्षपनि नहुँदै आफ्नो मेडल हराएपछि आफू तनावमा रहेको उनले बीबीसी रेडियो फाइभसँगको कुराकानीमा बताएका छन् ।

इग्ल्यान्डले घरमै भएको विश्वकप उपाधी उचाल्दा आर्चर सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए । उनको नाममा २० विकेट रहेका थियो ।

गत वर्षको जुलाईमा लड्समा भएको विश्वकप फाइनलमा आर्चरले न्यूजिल्यान्डविरुद्ध सुपर ओभरमा बलिङ गरेका थिए।

सुपर ओभरमा अविस्मरणीय प्रर्दशन गर्दै आर्चरले उपाधि घरमै राख्न महत्वपूर्ण योगदान दिएका थिए।

आर्चरलाई नयाँ फ्ल्याटका छिमेकी बारे सोधिएको प्रश्नमा उनले आफ्नो मेडल हराएको खुलासा गरेका हुन्।

`मलाई कसैले तनाव दिइरहेको छ। मेरो विश्वकप मेडले मलाई तनाव दिइरहेको छ। म नयाँ फ्ल्याटमा सारेको थिए र नयाँ फ्ल्याटको तस्बिरमा मेडल देखिन्छ तर, अहिले मेडल गायव भएको छ।´

आर्चरले एक हप्तादेखि मेडल खोजिरहेको बताउँदै अहिलेसम्म नभेटिको बताएका छन्।

`मलाई थाहा छ यो घरभित्रै हुनु पर्छ तर, खोज्दा खोज्दा पागल भइसके तर, पनि भेट्न सकेको छैन,´ आर्चरले भने।

अघिल्लो महिना बार्बाडोसबाट आएका आर्चर लकडाउनको समयमा इङ्ग्यान्डमा बसिरहेको बताएका छन्। मेडल नपाए सम्म खोजिरहने पनि २५ वर्षे आर्चरले बताए ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १ : ५९ बजे

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ– मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा