अमेरिकामा २ करोड मानिसमा कोरोना संक्रमण भएको अनुमान « Khabarhub

अमेरिकामा २ करोड मानिसमा कोरोना संक्रमण भएको अनुमान


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी स्वास्थ्य अधिकारीहरूले अमेरिकामा कम्तीमा पनि २ करोड मानिस कोरोनाबाट संक्रमित भइसकेको अनुमान गरेका छन्।

सेन्टर फर डिजिज कन्ट्रोल(सिडिसी)ले संक्रमितको वास्तविक संख्या रिपोर्ट गरिएभन्दा १० गुना बढी हुनसक्ने बताएको छ।

संक्रमित र सोका कारण अस्पताल भर्ना हुने बढेपछि टेक्सस राज्यले आफ्नो लकडाउन पूर्णरूपमा खोल्ने योजना फिर्ता गरेको बेला यो तथ्यांक आएको हो।

अमेरिकामा हालसम्म २४ लाख बढी मानिसहरूलाई संक्रमण पुष्टि भइसकेको छ भने १ लाख २२ हजार ३ सय ७० जनाको मृत्यु भइसकेको छ।

अमेरिकाका केहि दक्षिणी तथा पश्चिमी राज्यहरूमा पछिल्ला दिनमा कीर्तिमानी संख्यामा संक्रमित थपिएका छन्।

युनिभर्सिटी अफ वासिङटनले अक्टुबरसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ८० हजार पुग्ने जनाएको छ।

यसैगरी उसले ९५ प्रतिशत अमेरिकीहरूले मास्क लगाएमा भने सो संख्या १ लाख ४६ हजारमा सीमित हुनसक्ने जनाएको छ।

‘हाम्रो अहिलेको उत्कृष्ट अनुमान अनुसार एउटा केस रिपोर्ट भइसक्दा १० जना संक्रमित भइसकेका हुन्छन्’, सिडिसीका निर्देशक डा. रोबर्ट रेडफिल्डले भने।

लक्षण देखिएकाहरूको मात्र परीक्षण गरिएकाले यस्तो भएको उनको भनाइ छ। ‘हामीले अपनाएको विधिबाट हामीले मार्च, एप्रिल र मे महिनामा हामीले सम्भवत: महामारीको १० प्रतिशत मात्र पहिचान गर्न सक्यौँ होला’, उनले भने।

डा. रेडफिल्डले ५ देखि ८ प्रतिशत जनसंख्या भाइरसको सम्पर्कमा आएको बताउँदै अमेरिकीहरूलाई उनले सामाजिक दुरी कायम गर्न, मास्क लगाउन र हात धुन आग्रह गरेका छन्।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  २ : ०३ बजे

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका