कोरोना परीक्षणका लागि १० प्रयोगशाला थपिने : स्वास्थ्य मन्त्रालय « Khabarhub

कोरोना परीक्षणका लागि १० प्रयोगशाला थपिने : स्वास्थ्य मन्त्रालय


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि १० वटा प्रयोगशाला थप गर्ने निर्णय गरेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या थपिदै जाँदा स्वास्थ्य मन्त्रालयले परीक्षणको दायरा बढाउन देशभरका विभिन्न १० वटा अस्पतालहरुमा प्रयोगशाला थप गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, ससस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, विरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालमा प्रयोगशाला थप गरी कोरोना परीक्षण गर्ने जनाएको छ ।

यसअघि नेपालमा २३ वटा प्रयोगशालाहरुमा कोरोना परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १० वटा प्रयोगशाला थप भएमा नेपालमा ३३ वटा प्रयोगशालाहरुमा कोरोना परीक्षण हुने छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ५ : १५ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं