रसुवागढी नाकाबाट साढे २ किलो सुनसहित ६ जना पक्राउ | Khabarhub Khabarhub

रसुवागढी नाकाबाट साढे २ किलो सुनसहित ६ जना पक्राउ


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवागढी नाकाबाट प्रहरीले साढे २ किलो सुनसहित ६ जनालाई पक्राउ गरेको छ ।

ना १ झ ३५४२ नम्बरको टाटा सुमो गाडीमा सवार चालकसहितका ६ जनालाई सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) भाग्येन्द्रपुरुष ढकालले जानकारी दिए ।

‘उनीहरु चीनबाटै नेपाली नम्बरप्लेटको गाडीमा आएका भन्ने कुरा खुलेको छ । अहिलेसम्म साढे २ किलो सुन फेला परेको सूचना पाएका छौं,’ डिएसपी ढकालले खबरहबसँग भने ।

सुनसहित पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का ३४ वर्षीय नवाङ नुर्फु तामाङ, सोही ठाउँका २४ वर्षी ग्याल्जेन शेर्पा, २३ वर्षीय शुक्ला लामा, ३२ वर्षीय सुवास तामाङ, १९ वर्षी साङ शेर्पा र सवारी चालक दोलखाको तामाकोशी गाउँपालिका–५ घर भएका २३ वर्षीय कुलनारायण श्रेष्ठ छन् ।

डिएसपी ढकालका अनुसार उनीहरुले ५ ओटा टुक्रामा विभाजन गरेर साढे २ किलो सुन ल्याएका थिए । २ वटा टुक्रा व्यक्तिका शरीरमा बाँधेको तथा ३ वटा टुक्रा गाडी चालकको सिज नजिकैको म्याटमा लुकाएर ल्याएको अवस्थामा बरामद भएको ढकालले जानकारी दिए ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ३ : ५३ बजे

बझाङ अपडेट : एमाले १०३६३, कांग्रेस–१०३५४, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी

धनुषामा पुरुषको शव फेला 

काठमाडौं– धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ