उत्तर कोरियाली शासक किम विरामी भएपछि उनकै बहिनी यो जोङ चर्चामा « Khabarhub

उत्तर कोरियाली शासक किम विरामी भएपछि उनकै बहिनी यो जोङ चर्चामा


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ इन विरामी परेको समाचारहरु बाहिरिएपछि उनकै बहिनी यो जोङ चर्चामा आएकी छन् ।

सन् २०१८ मा दक्षिण कोरियाको पियोंगचांगमा आयोजित ओलम्पिकको दौरान पहिलो पटक चर्चामा आएकिन् उनी दाई किम विरामी परेपछि किमकै उत्तराधिकारी भन्दै उनको चर्चा सुरु भएको हो।

पिता किम जोङ इलकी सबैभन्दा प्यारी छोरीको रुपमा चिनिने उनको बिद्यालय शिक्षा स्विट्जरल्यान्डमा भएको अमेरिकी अखवार वासिङटन पोष्टले जनाएको छ ।

उत्तर कोरिया फर्कनुअघि सन् २००० को शुरुतिरै उनले व्यालेटको प्रशिक्षण पनि लिएको बताइन्छ ।

पछिल्लो समयमा आणविक हातहतियार विकास कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय तनाव चुलिँदै गइरहेपनि उत्तर कोरियाको ‘इभान्का ट्रम्प’ को उपनाम पाएकी किम यो जोंङले गत महिना मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अफ्नो दाजुबीच विशेष व्यक्तिगत सम्बन्ध रहेको खुलासा गरेकी थिइन् ।

यो–जोङलाई किमले वर्कर्स पार्टीको पोलिटब्यूरो सदस्य बनाउँदै निर्णायक अधिकारहरुमा पनि सह्रिक हुने गरी ३ बर्षअघि बढुवा गरेका थिए । सन् १९८७ मा जन्मिएको योङ ६ बर्षअघि पार्टीको वरिष्ठ अधिकारी भएकी थिइन्।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ८ : ४४ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना