३ वर्षे बालकसहित स्याङ्जामा ३४ जनाले कोरोना जिते « Khabarhub

३ वर्षे बालकसहित स्याङ्जामा ३४ जनाले कोरोना जिते


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- स्याङजाका ३४ जना संक्रमितले कोरोना जितेर घर फर्केका छन् ।

योसँगै जिल्लामा कोरोना भाइरस संक्रमण जितेर घर फर्कनेको संख्या ५६ पुगेको छ । भीरकोट स्थित कालिका सामुदायिक अस्पतालको आइशोलेसनमा रहेका ३४ जना संक्रमितले शनिबार एकै दिन कोरोना जितेर घर फर्केका हुन् ।

उनीहरुको दोस्रोपटक गरिएको स्वाव परीक्षण रिपोर्टमा नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।

अस्पतालमा उपचारत ४१ जना संक्रमितका दोस्रो पटक परीक्षणका लागि नमूना स्वाव पठाइएको थियो । तीमध्ये ३४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ भने बाँकी ७ जनाको भने दोस्रो परीक्षण रिपोर्ट पनि पोजिटिभ नै आएको बताइएको छ ।

घर फर्कनेमा गल्याङ नगरपालिकाका १६ जना, वालिङ नगरपालिकाका १० जना, आँधीखोला गाँउपालिकाका ४ जना, अर्जुनचौपारी गाँउपालिकाका ३ जना र भीरकोट नगरपालिकाका १ जना छन् ।

कोरोनामुक्त भएकालाई, भीरकोट नगर प्रमुख छाँयाराम खनाल, वालिङ नगर प्रमुख दिलिपप्रताप खाँण, आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधिरकुमार पौडेल, स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्मा लगायतले बिदाइ गरेका थिए ।

कोरोना जितेर घर फर्कनेलाई लिनका लागि सम्बन्धित पालिकाले सवारी साधन पठाएका थिए । जिल्लामा संक्रमितको संख्या १ सय ५९ पुगेको छ । तीमध्ये २ जनाको निधन भएको छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  २ : ४३ बजे

दिक्तेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

खोटाङ– आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङको

लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति

काठमाडौं– नेपाल बार एसोसिएसनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

फिल्म क्षेत्र थला पर्ने कारक बन्नसक्छ कांग्रेसको फुट !

काठमाडौं – देशका सकारात्मक वा नकारात्मक दुवै मुख्य घटनाको असर

देउवाले एमाले फुटाइदिएको सम्झिँदै योगेशले भने : कांग्रेसको विभाजन दु:खद्, कुनै न कुनै उपायबाट फेरि मिलोस्

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विभाजनलाई दुःखद

एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै

काठमाडौं– एनसेलले नेपालका तीन सहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्न नेपालस्थित अमेरिकी दूतावाससँग