३ वर्षे बालकसहित स्याङ्जामा ३४ जनाले कोरोना जिते « Khabarhub

३ वर्षे बालकसहित स्याङ्जामा ३४ जनाले कोरोना जिते


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- स्याङजाका ३४ जना संक्रमितले कोरोना जितेर घर फर्केका छन् ।

योसँगै जिल्लामा कोरोना भाइरस संक्रमण जितेर घर फर्कनेको संख्या ५६ पुगेको छ । भीरकोट स्थित कालिका सामुदायिक अस्पतालको आइशोलेसनमा रहेका ३४ जना संक्रमितले शनिबार एकै दिन कोरोना जितेर घर फर्केका हुन् ।

उनीहरुको दोस्रोपटक गरिएको स्वाव परीक्षण रिपोर्टमा नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।

अस्पतालमा उपचारत ४१ जना संक्रमितका दोस्रो पटक परीक्षणका लागि नमूना स्वाव पठाइएको थियो । तीमध्ये ३४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ भने बाँकी ७ जनाको भने दोस्रो परीक्षण रिपोर्ट पनि पोजिटिभ नै आएको बताइएको छ ।

घर फर्कनेमा गल्याङ नगरपालिकाका १६ जना, वालिङ नगरपालिकाका १० जना, आँधीखोला गाँउपालिकाका ४ जना, अर्जुनचौपारी गाँउपालिकाका ३ जना र भीरकोट नगरपालिकाका १ जना छन् ।

कोरोनामुक्त भएकालाई, भीरकोट नगर प्रमुख छाँयाराम खनाल, वालिङ नगर प्रमुख दिलिपप्रताप खाँण, आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधिरकुमार पौडेल, स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्मा लगायतले बिदाइ गरेका थिए ।

कोरोना जितेर घर फर्कनेलाई लिनका लागि सम्बन्धित पालिकाले सवारी साधन पठाएका थिए । जिल्लामा संक्रमितको संख्या १ सय ५९ पुगेको छ । तीमध्ये २ जनाको निधन भएको छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  २ : ४३ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले