प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख पक्राउ « Khabarhub

प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख पक्राउ


१२ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

झापा- इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनन्जय शाहलाई प्रहरीले पक्राउ गरेको छ ।

उनी सहित कार्यालयका एक सहयोगी समेत पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जिल्ला प्रशासन कार्यालयको निर्देशनमा शाहसहित केहि कर्मचारी प्रशासनमा आएको बताए ।

उनले भने, ‘जिल्ला प्रशासन कार्यालयले सोधपुछ गर्नु छ भने पछि उहाँहरु कार्यालयमा आउनु भएको हो । यस बारेमा अहिले यति मात्रै भन्न मिल्छ ।’ उनीहरुमाथि प्रारम्भीक अनुसन्धान भई रहेको प्रशासनले जनाएको छ ।

गौरीगञ्ज पश्चिमी झापाको भारतसँग सीमाना जोडिएको क्षेत्र हो । कार्यालय प्रमुख शाहमाथि नागरिकता प्रदानको बिषयमा छानविन भई रहेको बुझिएको छ ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ११ : ४७ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी