गायिका आस्था राउतलाई धरौटीमा छाड्ने तयारी « Khabarhub

गायिका आस्था राउतलाई धरौटीमा छाड्ने तयारी


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा सोमबारदेखि थुनामा रहेकी गायिका आस्था राउतलाई धरौटीमा छाड्ने तयारी भएको छ।

प्रहरीले सरकारी वकिलले तयार पारेको अभियोग पत्रसहित आज राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रस्तुत गरेर आवश्यक धरौटी लिएर छाड्ने तयारी गरेको हो ।

राउतलाई लागेको अभियोगमाथि आजै थुनछेक बहस हुने र गायिका राउतलाई धरौटीमा छोड्ने तयारी भएको जनाइएको छ । अभद्र व्यवहारको मुद्दामा जिल्ला प्रशासन कार्यालयले नै धरौटी लिएर छाड्ने गरेको नजिर छ ।

प्रहरी हिरासतमा रहेकी गायिका राउत सोमबार बेलुका बिरामी भएपछि त्रिपुरेश्वर स्थित ब्लुक्रस अस्पतालमा उपचारारत छिन् ।

ड्युटीमा रहेका बेला आफूलाई दुव्र्यवहार गरेको भन्दै त्रिभुवन विमानस्थलमा कार्यरत महिला प्रहरी जवान रमिला श्रेष्ठले जाहेरी दिएपछि  प्रकाउको तयारी हुँदा हुँदै राउत आफैं सोमबार प्रहरी कार्यालय पुगेकी थिइन ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ९ : ३१ बजे

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक