सलह किरा नियन्त्रण गर्न कार्ययोजना तयार | Khabarhub Khabarhub

सलह किरा नियन्त्रण गर्न कार्ययोजना तयार


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रदेश नं २ सरकारले सलह कीराका कारण अन्नबालीमा हुने नोक्सानबाट जोगिन र सो कीरालाई नियन्त्रणका लागि कार्य योजना तयार गरेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा विमल निर्मलको नेतृत्वमा तेलबाली अनुसन्धान केन्द्र सर्लाहीका प्रमुख विशेश्वर यादव, प्रदेशका कृषि विकास निर्देशनालय र पशुपक्षी तथा मत्स्यविकास निर्देशनालयका निर्देशकसहितको टोली स्थलगत अवलोकन तथा निरीक्षण गरी नियन्त्रणका उपायबारे किसानसँग अन्तर्क्रिया गरी कार्ययोजना तयार गरेको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साहले विज्ञप्ति जारी गर्दै सलह कीरा नियन्त्रण गरी बालीनालीको क्षति रोक्न हरसम्भव मद्दत गर्ने प्रतिबद्धता प्रकट गरेका छन् । यस प्रदेशको सर्लाही, बारा र पर्सामा शनिबार भारतबाट सलह कीरा प्रवेश गरेको हो ।

हावाको दिशा अहिले दक्षिणबाट उत्तरतर्फ भएकाले सलह कीराकोे नेपाल प्रवेश भएको देखिएको छ । शनिबार बिहान ८ः०० बजे प्रवेश गरेको भनिएको यो कीराको उपस्थिति साँझमा समेत देखिएको जानकारी प्राप्त भएको छ । अहिले कीराको सङ्ख्या, फैलावट र क्षतिबारे यकिन गर्न नसकिए पनि यसको उपस्थिति न्यून रहेको छ ।

प्रदेश नं २ मा मनसुन शुरु भइसकेकाले यसको थप प्रवेश र फैलावट कम हुने विश्वास गरिएको छ । कीरालाई बालीनाली र रुखबिरुवा भएका क्षेत्रबाट धपाएर चरण क्षेत्रमा पठाउन सकिए क्षति न्यूनीकरण गर्न सकिने हुँदा कीरालाई धपाउन थाल, ड्रम आदि ठटाउने जस्ता उपायका साथै विषादी छर्कनसमेत किसानलाई मन्त्री साहले आह्वान गरेका छन् ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ११ : ०१ बजे

जब असईले चेकजाँच गरिरहेको बन्दुकबाट गोली चल्यो…

चेकजाँचका क्रममा बन्दुकबाट गोली चलेपछि बझाङमा कार्यरत एकजना असई निलम्बनमा

गेटा आँखा अस्पतालमा सत्र हजारको आँखाको शल्यक्रिया   

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित गेटा आँखा अस्पतालले नौ महिनामा

मोदी बोले : कांग्रेसको शासनमा हनुमान चालिसा सुन्नु पनि अपराध हुन्थ्यो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि एक पटक हिन्दुत्वको कार्ड फ्याँकेर

नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले विश्वव्यापार संगठन

सरकारले व्यवसायीको हकहितमा काम गर्नुपर्छ : सांसद शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सांसद डा सुनिलकुमार शर्माले सरकारले मुलुकका व्यवसायीहरुको