भारतमा एकै दिन ४६ हजारभन्दा बढी संक्रमित « Khabarhub

भारतमा एकै दिन ४६ हजारभन्दा बढी संक्रमित


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा सोमबारको तुलनामा ४ हजार कम संक्रमित थपिएका छन् ।

सोमबार सर्वाधिक ५० हजारभन्दा बढी संक्रमित भएकामा मंगलबार ४६ हजार ४८४ जनामा संक्रमण पुष्टि भएको छ ।

यसअघि आइतबार, शनिबार र शुक्रबार लगातार ४८ हजारभन्दा बढी संक्रमित भेटिएका थिए ।

भारतमा कुल संक्रमित संख्या १४ लाख ८२ हजार ५०३ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो । संक्रमितमध्ये अहिलेसम्म ९ लाख ५३ हजार १८९ संक्रमणमुक्त भएका छन् भने ४ लाख ९५ हजार ८६६ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६३६ जनाको मृत्यु भएपछि मंगलबार बिहानसम्म ज्यान गुमाउनेको ३३ हजार ४४८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ५ : ३३ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह