भारतमा एकै दिन ४६ हजारभन्दा बढी संक्रमित « Khabarhub

भारतमा एकै दिन ४६ हजारभन्दा बढी संक्रमित


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा सोमबारको तुलनामा ४ हजार कम संक्रमित थपिएका छन् ।

सोमबार सर्वाधिक ५० हजारभन्दा बढी संक्रमित भएकामा मंगलबार ४६ हजार ४८४ जनामा संक्रमण पुष्टि भएको छ ।

यसअघि आइतबार, शनिबार र शुक्रबार लगातार ४८ हजारभन्दा बढी संक्रमित भेटिएका थिए ।

भारतमा कुल संक्रमित संख्या १४ लाख ८२ हजार ५०३ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो । संक्रमितमध्ये अहिलेसम्म ९ लाख ५३ हजार १८९ संक्रमणमुक्त भएका छन् भने ४ लाख ९५ हजार ८६६ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६३६ जनाको मृत्यु भएपछि मंगलबार बिहानसम्म ज्यान गुमाउनेको ३३ हजार ४४८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ५ : ३३ बजे

युएनआईएसएफएमा नेपाली सेनालाई पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी

काठमाडौ|-संयुक्त राष्ट्रसंघीय मिसन (युएनआईएसएफ) मा नेपाली सेनाले पहिलो पटक फोर्स

धर्ना बसेका देउवा कांग्रेसलाई नमस्ते गर्दै हिँडे गगन कांग्रेका नेता

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै अहिले संस्थापक पक्ष निर्वाचन

सडकमा सुशासनका निम्ति गोली खाएका कलिला छातिले सोध्लान्, महान्यायाधिवक्ता ज्यु, यही हो सुशासन ?

काठमाडौं- जेन-जी आन्दोलनकी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न परिषद्को निर्देशन 

काठमाडौं– आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको

अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा पछिल्लो समयमा