आज २०७७ भदौ १२ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०७७ भदौ १२ गते शुक्रबारको राशिफल


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७७ भदौ १२ गते शुक्रबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।

सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकाएको भयपनि रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा प्रगति हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभकार्यको चर्चा चल्नेछ । प्रेम जीवन सुखद् रहने देखिन्छ । व्यापार व्यवसायमा सफलता पाईनेछ । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज आत्मबलमा कमी आउनेछ । मनमा चिन्ता र दुविधा उत्पन्न हुनेछ । प्रेमीको सहयोग पाईनेछ । स्वास्थ प्रति सचेत रहनु होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । राजनैतिक र कूटनैतिक कार्यमा सफलता मिल्नेछ, तर निर्णय कार्यान्वयन हुन संघर्ष गर्नु पर्ला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धर्म,कर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ५ : १० बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच