९ एसएसपी डीआईजीमा बढुवा सिफारिस « Khabarhub

९ एसएसपी डीआईजीमा बढुवा सिफारिस


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृह मन्त्रालयले नेपाल प्रहरीका ९ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ ।

गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले ९ एसएसपीको बढुवा सिफारिस गरेको हो ।

एसएसपीहरु गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, देवबहादुर बोहोरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्यलाई डीआईजीमा सिफारिस गरेको स्रोतले जानकारी दिएको छ ।

बढु्वा समितिले बरिष्ठताका आधारमा एसएसपीहरुलाई डीआइजी बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुने ८ एसएसपीआइजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन् भने दिवेश लोहनी एआइजी विश्व पोखरेलका ब्याची हुन् ।

मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीमा ५ जना डीआईजीको दरबन्दी थपेको थियो । त्यसबाहेक ४ जना डीआईजीको पद रिक्त थियो । रिक्त र थपिएको गरी ९ पदमा उनीहरुलाई बढुवा सिफारिस गरिएको हो ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ५ : ५६ बजे

रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक भरतपुरमा 

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अन्तिम केन्द्रीय समिति बैठक सुरु

राष्ट्रिय सुरक्षा र हितको रक्षाका लागि सेना तयार : इरान   

तेहरान-  इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले देशको सुरक्षा, सम्मान

मुस्ताङमा पर्यटकको चाप, एघार महिनामा सात लाखले भ्रमण गरे 

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै

युद्धविरामका बीच दक्षिणी लेबनानमा हेजबुल्लाहविरुद्धको सैन्य कारबाही जारी

एजेन्सी– इजरायली रक्षा बल (आईडीएफ) ले युद्धविराम लागू रहे पनि

‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’

नारायणगढ– कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह आज