कार र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु « Khabarhub

कार र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको पथरी शनिश्चरे नगरपालिका–२ मा आज सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता लोकदर्शन थापाका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९९४५ नम्बरको स्कारपियो र विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार मोरङ मिक्लाजुङ गाउँपालिका–४ बस्ने ३५ वर्षीय सन्तोष लिम्बु र सोही स्थानका २६ वर्षीय सुनिल धमलाको मृत्यु भएको उनले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका दुईमध्ये लिम्बुको उपचारको लागि मङ्गलबारे अस्पताल र धमलाको विराटनगरस्थित न्यूरो अस्पताल पठाउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कारपियो तथा त्यसका चालक झापाको दमक नगरपालिका–२ बस्ने वर्ष ३७ को लक्ष्मीकुमार धिमाललाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ९ : २७ बजे

बल्खुको तरकारी बजार प्रवेश गर्न लाग्यो बागमती

काठमाडौं– बागमती नदीको प्रवाह बढेपछी बल्खुस्थित तरकारी बजार डुबानको जोखिममा

मानव जीवनको मर्यादा सम्मान गर्न आह्वान गर्दै पोप लियोको फ्रान्स भ्रमण

भ्याटिकन सिटी- पोप लियो चौधौँ सप्ताहन्त भ्रमणका लागि फ्रान्स जाँदै

वर्षाका कारण ल्याण्डफिल साइट प्रभावित, महानगरले भन्यो ‘घरको फोहोर बाहिर ननिकाल्नु’ 

काठमाडौं– अविरल वर्षाका कारण ल्याण्डफिल साइटतर्फ जाने सडक प्रभावित भएपछि

पश्चिमी नेपालतर्फ सर्दै न्यूनचापीय प्रणाली : आगामी २-३ दिन उच्च सतर्कता अपनाउन विभागको अपिल

काठमाडौं– बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीका कारण विगत दुई दिनदेखि

काठमाडौं तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित

दमौली– तनहुँबाट मुग्लिङ हुँदै काठमाडौँ तथा भरतपुर जाने सडकखण्डमा पहिरोका