कांग्रेस र कम्युनिस्टको विकल्प अब राप्रपा : अध्यक्ष थापा « Khabarhub

कांग्रेस र कम्युनिस्टको विकल्प अब राप्रपा : अध्यक्ष थापा


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अबको विकल्प भनेको राप्रपा मात्रै भएको बताएका छन् ।

सोमबार आफ्नो चुनावी क्षेत्र मकवानपुर–१ को वाग्मती गाउँपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलामा उनले अब कांग्रेस र कम्युनिस्टको विकल्पका रुपमा राप्रपा मात्र रहेको बताएका हुन ।

क्रान्ति र परिवर्तनको गफ दिने शक्तिहरु स्वार्थ, शक्ति र पदको भागबन्डामा रुमलिएर देशलाई बर्बाद गराउन उद्दत रहेको भन्दै थापाले आफूलाई ठूला भन्ने शक्ति कांग्रेस, कम्युनिस्ट असफल भएको बताए ।

०६२/६३ को परिवर्तनपछि मुलुकले लिएको बाटो र मार्गचित्र त्रुटीपूर्ण भएको भन्दै थापाले त्यो मार्ग सच्याउन जरुरी भएको बताए ।

राईगाउँ र फापरबारिमा आयोजित छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफूले चुनाव के कारणले हारेको बुझ्न नसकेको समेत चर्चा गरे? आफूसङ्ग प्रतिस्पर्धा गर्ने भन्दा म मा के कुरा कम छ? योग्यता , क्षमता, अनुभव भनी प्रश्न गर्दै थापाले आफूले मकवानपुरे जनताको थप माया खोजेको बताए।

कार्यक्रममा पार्टीका कार्य सम्पादन समिति सदस्य राजाराम बर्तौलाले इमानदारीता,निष्ठा र सिद्धान्त प्रतिको प्रतिबद्धताकाको जगमा टेकेर राप्रपालाई मुलुकको बलियो र स्थायी शक्ति बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राप्रपा मकवानपुर अध्यक्ष रामहरी न्यौपाने,जिल्ला सचिव सागर थापा, दिलबहादुर बल,शरणकाजी श्रेष्ठ ,जोसेफ राई, मदन राना लगायतले आ-आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा अध्यक्ष थापाले विभिन्न पार्टी परित्याग गरेकालाई राप्रपामा स्वागत गरेका थिए ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  १० : १४ बजे

चितवनबाट अपहरणमा परेका बालक काठमाडौंमा, पाँच भारतीय पक्राउ

काठमाडौं । चितवनबाट अपहरणमा परेका बालकको सकुशल उद्दार गरिएको छ

संसदीय समितिमा यातायातको चर्चा : चालक अभावदेखि भारतीय गाडीले पूर्वाधार बिगारेकोसम्म

काठमाडौं- प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये मंगलबार पूर्वाधार विकास समितिको

मुस्ताङका होटल-पसलमा अनुगमन

मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन

नेपालका दुई निजी स्वास्थ्य संस्था बङ्गलादेशमा सम्मानित

काठमाडौं– नेपालका निजी क्षेत्रका दुई स्वास्थ्य संस्थाले बङ्गलादेशमा आयोजित अन्तर्राष्ट्रिय