भारतीय योगगुरू रामदेवसहित ५ जनाविरूद्ध प्रहरीमा उजुरी « Khabarhub

भारतीय योगगुरू रामदेवसहित ५ जनाविरूद्ध प्रहरीमा उजुरी


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  भारतीय योगगुरु रामदेवसहित ५ जनाले स्वीकृति नलिई कोरोना निको पार्ने दावी गरिएको औषधि सार्वजनिक गरिएको भन्दै प्रहरीमा उजुरी परेको छ ।

प्रहरीका डेप्युटी कमिशनर अशोक गुप्ताका अनुसार रामदेवसहित ५ जनामाथि अधिवक्ता बलराम झक्कडले राजस्थानस्थित ज्योति नगर प्रहरी चौकीमा उजुरी दर्ता गरेका हुन्।

यो मात्रै नभई विभिन्न प्रहरी चौकीहरुमा रामदेवविरुद्ध उजुरी दर्ता भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

आयुष मन्त्रालयको स्वीकृति नलिई कोभिड-१९ निको पार्ने भन्दै आयुर्वेदिक औषधी सार्वजनिक गरेकोले रामदेवविरुद्ध एफआइआर दर्ता भएको हो।

रामदेव मात्रै नभई पतञ्जली आयुर्वेदका अन्य चार एमडीहरू, जयपुरको नेशनल इन्स्टिच्युट अफ मेडिकल साइन्स एण्ड रिसर्चका निर्देशक आचार्य बालकृष्ण, बिएस तोमर, अनुराग तोमर र सिनियर बैज्ञानिक अनुराग अनुराग वाष्णेयको नाम पनि एफआइआरमा उल्लेख छ ।

हरिद्धारमा रहेको पतञ्जली आयुर्वेदले कोभिड-१९ निको पार्ने भन्दै मंगलबार ‘कोरोनिल’ औषधि सार्वजनिक गरेको थियो। यो औषधि कोभिड-१९ पोजेटिभ देखिएका विरामीहरूमा सात दिने प्रयोग गरेको र यसले निको पारेको दावी समेत गरिएको थियो।

निम्स विश्वविद्यालयको संलग्नतामा जयपुरको निजी इन्स्टिच्युटमा औषधिको प्रयोग गरिएको बताइएको थियो।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ५ : ५३ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह