भारतीय योगगुरू रामदेवसहित ५ जनाविरूद्ध प्रहरीमा उजुरी | Khabarhub Khabarhub

भारतीय योगगुरू रामदेवसहित ५ जनाविरूद्ध प्रहरीमा उजुरी


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  भारतीय योगगुरु रामदेवसहित ५ जनाले स्वीकृति नलिई कोरोना निको पार्ने दावी गरिएको औषधि सार्वजनिक गरिएको भन्दै प्रहरीमा उजुरी परेको छ ।

प्रहरीका डेप्युटी कमिशनर अशोक गुप्ताका अनुसार रामदेवसहित ५ जनामाथि अधिवक्ता बलराम झक्कडले राजस्थानस्थित ज्योति नगर प्रहरी चौकीमा उजुरी दर्ता गरेका हुन्।

यो मात्रै नभई विभिन्न प्रहरी चौकीहरुमा रामदेवविरुद्ध उजुरी दर्ता भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

आयुष मन्त्रालयको स्वीकृति नलिई कोभिड-१९ निको पार्ने भन्दै आयुर्वेदिक औषधी सार्वजनिक गरेकोले रामदेवविरुद्ध एफआइआर दर्ता भएको हो।

रामदेव मात्रै नभई पतञ्जली आयुर्वेदका अन्य चार एमडीहरू, जयपुरको नेशनल इन्स्टिच्युट अफ मेडिकल साइन्स एण्ड रिसर्चका निर्देशक आचार्य बालकृष्ण, बिएस तोमर, अनुराग तोमर र सिनियर बैज्ञानिक अनुराग अनुराग वाष्णेयको नाम पनि एफआइआरमा उल्लेख छ ।

हरिद्धारमा रहेको पतञ्जली आयुर्वेदले कोभिड-१९ निको पार्ने भन्दै मंगलबार ‘कोरोनिल’ औषधि सार्वजनिक गरेको थियो। यो औषधि कोभिड-१९ पोजेटिभ देखिएका विरामीहरूमा सात दिने प्रयोग गरेको र यसले निको पारेको दावी समेत गरिएको थियो।

निम्स विश्वविद्यालयको संलग्नतामा जयपुरको निजी इन्स्टिच्युटमा औषधिको प्रयोग गरिएको बताइएको थियो।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ५ : ५३ बजे

टेस्लाको रोबो ट्याक्सी ‘साइबरक्याब’ सार्बजनिक, के के छन् विशेषता ?

काठमाडौं – एलन मस्कको टेस्लाले आफ्नो पहिलो रोबोट ट्याक्सी ‘साइबरक्याब’

इजरायली आक्रमण कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु

गाजा – उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले आफ्नो

महिला टी–२० विश्वकप : श्रीलंकाविरुद्ध न्यूजिल्याण्डको उत्कृष्ट जित

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत न्यूजील्याण्डले श्रीलंकालाई पराजित

देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको छः सञ्चारमञ्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र जनतालाई

नेपालबाट यसबर्षको मनसुन बाहिरियो

काठमाडौं – नेपालबाट यसबर्षको मनसुन बाहिरिएको छ । जल तथा