कोरोना कहर : अन्तिम समयमा ब्युँझिने परिपाटी घातक ! « Khabarhub

कोरोना कहर : अन्तिम समयमा ब्युँझिने परिपाटी घातक !



केही दिन सुस्ताएको कोरोना संक्रमितको ग्राफ एकाएक बढेको छ ।

परीक्षणको दर न्यून ( करिब ५ हजार ) भएपनि मंगलबार काठमाडौं उपत्याकामा ५३ जना ( काठमाडौंमा ४८, ललितपुरमा ४ र भक्तपुरमा १ गरेर ) नयाँ संक्रमितको पहिचान भएको छ ।

त्यति मात्र हैन काठमाडौं उपत्याका वरिपरिका अधिकांश जिल्लामा पनि केहि संक्रमितको पहिचान भएको छ ।

सरकारले कन्ट्याक्ट ट्रेसिंग तथा संबेदनशील स्थानहरुमा परीक्षणको गति बढाउने हो भने थप संक्रमितहरुको पहिचान हुनेछ ।

पछिल्लो समयमा तराईका विभिन्न जिल्लामा कोरोना संक्रमण बढिरहेको अवस्थामा सुरक्षित हुनको लागि काठमाडौं उपत्याका प्रवेश गर्ने व्यक्तिहरुको संख्या उल्लेख्य रुपमा बढेको छ । यसले गर्दा काठमाडौं उपत्यका थप जोखिमयुक्त बनेको छ ।

४० लाख जनसंख्या रहेको कचौराजस्तो काठमाडौं उपत्याकामा कोरोना संक्रमण समुदायमा फैलियो भने हाम्रो स्वास्थ्य प्रणालीले धान्न सक्दैन । सरकारले आवागमनमा भएको फितलोपनलाई नियमन गर्नु जरुरी छ ।

त्यस्तै भारतसँग सीमा जोडिएको तराई क्षेत्रमा परीक्षण निकै कम भएको छ । पहिले संक्रमणको चपेटामा परेका पहाडी क्षेत्र तथा अन्य सहरी क्षेत्रको परीक्षण दयनीय छ ।

यी क्षेत्रमा संक्रमण बढ्दो गतिमा देखिएको छ । सरकारले यी क्षेत्रका जनचेतना कम भएका वर्गमा परीक्षणलाई घनीभूत गराउने हो भने हामीले कल्पना गरेभन्दा अग्लो ग्राफ देखिनेछ ।

परिक्षणको दर जति बढायो, त्यति धेरै संक्रमितको पहिचान हुनेछ । जति धेरै संक्रमित पहिचान भयो त्यति धेरै समाज सुरक्षित हुन्छ, संक्रमण नियन्त्रण हुन्छ ।

सरकारले सीमा क्षेत्रमा सुरक्षाकर्मी तथा स्थानीय नागरिकको संयुक्त गस्ती बढाएर अबैध आवतजावतलाई नियन्त्रण गर्नु जरुरी छ । सिंगो देशमा व्यापक परीक्षण गरेर रेड, एल्लो र ग्रीन जोन निर्क्यौल गर्ने हो भने कोरोना संक्रमण नियन्त्रण गर्ने रणनीति बनाउन धेरै सजिलो हुन्छ ।

यसो भयो भने रेड जोनलाई लकडाउन गर्ने वा आवश्यक परे कर्फ्यू लगाउने, एल्लो जोनमा कडाइ गर्ने तथा ग्रीन जोनमा जनस्वास्थ्यका मापदण्ड अपनाएर यातायात लगायतका गतिविधि सुचारु गर्न सकिन्छ । रेड जोनमा आवतजावत नरोक्ने हो भने हाम्रो अवस्था अकल्पनीय हुनेछ ।

शैक्षिक संस्था, हवाई यातायात, सार्वजनिक यातायात लगायतका सेवा सुविधा खोल्नको लागि यी ३ वटा जोन निर्धारण गर्नु अपरिहार्य छ । त्यस्तै अन्तराष्ट्रिय उडान नेपालीलाई स्वदेश ल्याउने तथा नेपालमा अड्केक विदेशी तथा नेपालीलाई अर्को ट्रान्जिटसम्म पुर्‍याउन बाहेक खोल्नु हुँदैन । अन्यथा भारत, बंगलादेश लगायतका देशबाट हजारौं संक्रमित आउने जोखिम रहन्छ ।

सरकारले हतार गरेर तथा बैज्ञानिक विधि नअपनाएर हचुवाको भरमा सबै क्षेत्र खोल्यो भने ती क्षेत्र संचालन नहुने तथा जोखिम निकै बढ्ने दोहोरो खतरा हुनसक्छ । सरकारको अर्जुनदृष्टि कोरोना संक्रमण नियन्त्रण र नागरिकलाई राहत तथा सहुलियत दिनेतर्फ केन्द्रित हुनु जरुरी छ ।

सबै मन्त्रालय, प्रदेश सरकार र स्थानीय निकायले यो महामारीमा अत्यन्तै जिम्मेवार भएर तथा समन्वय गरेर काम गर्नु अपरिहार्य छ । चाडपर्वको लागि लाखौँ नेपाली स्वदेश आउने अनुमान गरेर अहिल्यै क्वारेन्टाइन तथा परीक्षणको चुस्त तयारी गर्नु जरुरी छ ।

संक्रमण निकै बढेमा चाहिने अक्सिजन, रगत, आईसीयु बेड, भेन्टिलेटर तथा दक्ष जनशक्ति तयारी अवस्थामा राख्नु पर्दछ । अन्तिम समयमा मात्र ब्युंझिने हाम्रो परिपाटी महामारीको समयमा घातक बन्न सक्छ ।

महामारी नियन्त्रण गर्नको लागि सरकार, मेडिया तथा आम नागरिकको एकता र संयुक्त प्रयास आवश्यक हुन्छ ।

यस्तो घडीमा हामीमा अन्तर्निहित बिमतिलाई थाति राखेर महामारीसंग संयुक्तरुपमा जुध्नु हामी सबैको कर्तव्य हो । एकताको शक्तिले नै हामीले यो महामारीलाई जित्न सक्छौं ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ९ : ५२ बजे

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध