प्राकृतिक प्रकोपबाट मृत्यु भएकाका परिवारले एक लाख पाउने « Khabarhub

प्राकृतिक प्रकोपबाट मृत्यु भएकाका परिवारले एक लाख पाउने


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- गल्याङ नगरपालिकाले प्राकृतिक प्रकोपबाट मृत्युभएकाका परिवारलाई रु एक लाख सहयोग गर्ने भएको छ । नगर कार्यपालिकाले प्राकृतिक विपत्तिमा परी मृत्यु भएमा मृतकका परिवारलाई रु एक लाख राहतस्वरुप दिने निर्णय गरेको हो ।

प्राकृतिक प्रकोपका कारण नगरवासी घाइते भएमा उपचारका क्रममा खर्च भएको बिलका आधारमा रु २५ हजारसम्म राहतस्वरुप सहयोग गर्ने निर्णयसमेत गरिएको नगरपालिकाले जनाएको छ ।

केही दिनदेखि परेको लगातारको बर्सात्का कारण नगरपालिका भित्रका केही स्थानमा मानवीय तथा भौतिक क्षति भएकाले यो निर्णय गरिएको नगरप्रमुख भुपराज अधिकारीले बताए ।

नगर कार्यपालिकाको बैठकले विस्थापित परिवारलाई आवश्यकताका आधारमा खाद्यान्न सहितका आवश्यक सामग्री सहयोग गर्ने निणर्य गरेको प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेले जानकारी दिए ।

नगरपालिकामा पहिराका कारण दुईको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । यस्तै, प्राकृतिक विपत्तिका कारण करीब दुई दर्जन घरपरिवार विस्थापित भएका छन् भने कैयौँ घर उच्च जोखिममा रहेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  १ : ०० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह