भटाभट म्युजिक भिडियोको छायांकन, फिल्मको कहिले ? « Khabarhub

भटाभट म्युजिक भिडियोको छायांकन, फिल्मको कहिले ?


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन गरेको छ । जसका कारण सिनेमा क्षेत्र पूर्ण रुपमा बन्द छ । लकडाउन गर्नुअघि नै सिनेमा घर बन्द गर्न सरकारले निर्देशन दिएको थियो ।

लकडाउनका कारण फिल्मकर्मीहरु लामो समय फुर्सदमा रहे । रिलिज भइरहेका फिल्म पनि लकडाउनका कारण रोकिए । काम पूर्ण रुपमा ठप्प भयो ।

अहिले भने लकडाउड खुलेसँगै मनोरञ्जन क्षेत्रमा पनि चहलपहल बढेको छ । लकडाउनको समयदेखि नै म्युजिक भिडियोहरु सार्वजनिक भइरहेका थिए । लकडाउन खुकुलो बनाएसँगै म्युजिक भिडियोको काम तीव्र गतिमा भइरहेको छ ।

दयाहाङ राई, विपिन कार्कीदेखि केकी अधिकारी, स्वस्तिमा खड्का लगायत म्युजिक भिडियोमा व्यस्त भएका छन् । एकपछि अर्को गर्दै म्युजिक भिडियो पनि रिलिज भइरहेका छन् ।

सिनेमा घर बन्द भएका कारण नयाँ फिल्म रिलिजबारे फिल्मकर्मी मौन छन् । अहिले सिनेमा हल खुले पनि कोरोना भाइरसको संक्रमण हुने डरले फिल्म हलमा दर्शक पुग्ने छैनन् । अन्तर्राष्ट्रिय फिल्मले पनि तत्कालका लागि रिलिज तोकेका छैनन् । फिल्म हल खुला भए पनि तत्काल हलमा दर्शकको उपस्थिति हुन सम्भावना न्यून छ ।

लकडाउन खुले पनि फिल्म छायांकनका लागि कुनै टिम पनि अझै तयारी थालेको छैन । यद्यपि धेरै फिल्मकर्मीहरु भदौदेखि फिल्मको छायांकन थाल्ने योजनामा छन् । भदौदेखि लामो दूरीका यातायात समेत चलाउने सरकारले निर्णय गरेको छ ।

लकडाउनअघि छायांकन भइरहेका फिल्मले पनि अब बाँकी शूटिङ थाल्ने योजना बनाइरहेका छन् । नायिका रेखा थापा, निर्देशक मिलन चाम्स, निर्माता रोज राणा लगायत फिल्मकर्मी अब फिल्मको छायांकन थाल्ने योजनामा जुटेका छन् ।

लामो समयको लकडाउनका कारण प्राविधिकहरु बेरोजगार भएका छन् । कतिपय फिल्मकर्मीको अब फिल्म क्षेत्रलाई चलायमान बनाउनका लागि पनि फिल्मको छायांकन थाल्नुपर्ने निष्कर्ष छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ४ : १९ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा