२३ अङ्कले घट्यो नेप्से « Khabarhub

२३ अङ्कले घट्यो नेप्से


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २३.३६ अङ्कले घटेर एक हजार ४३१.५२ मा रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूचक ५.१८ अङ्कले घटेर ३००.४९ मा झरेको छ ।

स्टकका अनुसार आज कूल १८७ कम्पनीका ३८ लाख ३९ हजार ६७१ कित्ता शेयर रु एक अर्ब ६८ करोड ७० लाख ९३ हजार ९१ मा खरिद बिक्री भयो । आज कारोवार भएका कूल १२ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ २१.७६, व्यापार ११.२४, होटल ५९.५, विकास बैंक २१.५५, जलविद्युत् २.२४, वित्त ६.४२, निर्जीवन बीमा १५९.८७, उत्पादन ४९.७, अन्य १.८८, जीवन बीमा १९०.८२ र सामूहिक लगानी कोष ०.१६ अङ्कले घटेको छ ।

कारोवार रकमका आधारमा नेपाल पुनःबीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु १५ करोड ७१ लाख १०५ मा खरिद बिक्री भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्सको रु १० करोड ८१ लाख ३३ हजार ५००, एनआइसी एशिया बैंकको रु आठ करोड ८८ लाख २४ हजार १४२, नेपाल दूरसञ्चार कम्पनीको रु आठ करोड ८७ लाख ५२ हजार २१३, एनएमबी बैंकको रु पाँच करोड ६५ लाख १८ हजार ६९२ र हिमालयन डिष्टिलरी लिमिटेडको रु चार करोड ७५ लाख २३ हजार ८८३ बराबरको शेयर कारोबार भई अग्रस्थानमा रह्यो ।

आज सबैभन्दा बढी जोशी हाइड्रोपावर र युनियन हाइड्रोपावर लिमिटेडका शेयर धनीले समान १०/१० प्रतिशतले कमाए । यस्तै मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक ९.९५, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था ९.८० र घलेम्दी हाइड्रो लिमिटेडका लगानीकर्ताले ९.४३ प्रतिशतले कमाएका छन् ।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी ९.४५ प्रतिशतले गुमाएका छन् । यस्तै ग्लोबल आइएमइए लुघवित्त वित्तीय संस्था ७.४०, मिथिला लघुवित्त वित्तीय संस्था ७.२२, स्पर्श लघुवित्त वित्तीय संस्था ६.९८ र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६.८१ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ५ : ३७ बजे

नेपालको आर्थिक वृद्धि ७ प्रतिशत पुर्‍याउन सकिने राष्ट्र बैंकको प्रक्षेपण

काठमाडौं- नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०२६/२७ मा मुलुकको

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

काठमाडौं– काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाई

होर्मुजमा तेल ट्यांकरमाथि अज्ञात प्रहार : समुद्री एजेन्सी

लन्डन– स्ट्रेट अफ होर्मुज नजिकै ओमानको तटमा एउटा तेल ट्यांकर

ऊर्जा क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेका छौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले ऊर्जा क्षेत्रको

हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं- राष्ट्रियसभामा सांसदहरूले हात्तीको आक्रमणबाट भएको जनधनको क्षति, शान्ति सुरक्षा,