२३ अङ्कले घट्यो नेप्से « Khabarhub

२३ अङ्कले घट्यो नेप्से


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २३.३६ अङ्कले घटेर एक हजार ४३१.५२ मा रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूचक ५.१८ अङ्कले घटेर ३००.४९ मा झरेको छ ।

स्टकका अनुसार आज कूल १८७ कम्पनीका ३८ लाख ३९ हजार ६७१ कित्ता शेयर रु एक अर्ब ६८ करोड ७० लाख ९३ हजार ९१ मा खरिद बिक्री भयो । आज कारोवार भएका कूल १२ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ २१.७६, व्यापार ११.२४, होटल ५९.५, विकास बैंक २१.५५, जलविद्युत् २.२४, वित्त ६.४२, निर्जीवन बीमा १५९.८७, उत्पादन ४९.७, अन्य १.८८, जीवन बीमा १९०.८२ र सामूहिक लगानी कोष ०.१६ अङ्कले घटेको छ ।

कारोवार रकमका आधारमा नेपाल पुनःबीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु १५ करोड ७१ लाख १०५ मा खरिद बिक्री भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्सको रु १० करोड ८१ लाख ३३ हजार ५००, एनआइसी एशिया बैंकको रु आठ करोड ८८ लाख २४ हजार १४२, नेपाल दूरसञ्चार कम्पनीको रु आठ करोड ८७ लाख ५२ हजार २१३, एनएमबी बैंकको रु पाँच करोड ६५ लाख १८ हजार ६९२ र हिमालयन डिष्टिलरी लिमिटेडको रु चार करोड ७५ लाख २३ हजार ८८३ बराबरको शेयर कारोबार भई अग्रस्थानमा रह्यो ।

आज सबैभन्दा बढी जोशी हाइड्रोपावर र युनियन हाइड्रोपावर लिमिटेडका शेयर धनीले समान १०/१० प्रतिशतले कमाए । यस्तै मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक ९.९५, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था ९.८० र घलेम्दी हाइड्रो लिमिटेडका लगानीकर्ताले ९.४३ प्रतिशतले कमाएका छन् ।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी ९.४५ प्रतिशतले गुमाएका छन् । यस्तै ग्लोबल आइएमइए लुघवित्त वित्तीय संस्था ७.४०, मिथिला लघुवित्त वित्तीय संस्था ७.२२, स्पर्श लघुवित्त वित्तीय संस्था ६.९८ र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६.८१ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ५ : ३७ बजे

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको